sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आइपीओ आजबाट विक्री गर्दै

कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो।

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आज मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गर्दैछ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्न लागेको हो।

कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ।

कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गर्नेछ। सर्वसाधारणले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। यो आइपीओको निष्कासन बन्द छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गते बैंकिङ समयपछि हुनेछ।

हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङअनुसार इक्रा नेपालबाट केयरएनपी आईआर ए माइनस रेटिङ पाएको छ। यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ।

gold
kumari bank
nawakantipur long