stcnepal long ad
global ime bank long

आर्थिक वर्ष २०८०/८१ को कार्तिक महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले करिब २ अर्ब नयाँ व्यवसाय भित्राए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को कार्तिक महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले करिब २ अर्ब नयाँ व्यवसाय भित्राएका छन् ।

प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले कार्तिक महिनामा ३ लाख २१ हजार ९०८ वटा बीमा पोलिसी विक्री गरी १ अर्ब ९० करोड ४० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

त्यस्तै, कार्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुले१ करोड ३७ लाख १४ हजार ५४७ वटा बीमा पोलिसी विक्री गरी कूल ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यस अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क नेपाल लाइफले नै आर्जन गरेको छ ।

कम्पनीले एक महिनामा ५२ करोड १ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा३५ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १७ करोड १४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, सूर्यज्योति लाइफले १० करोड ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले १० करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

हिमालयन लाइफले ९ करोड ७५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ८ करोड ७२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ८ करोड १९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी मेट लाइफले ७ करोड ८१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले ७ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

आइएमई लाइफले ६ करोड ५७ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ६ करोड २१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीले ५ करोड ८० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ५ करोड २० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

IME Lifesidebar
kumari