macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आइएमई लाइफ इन्स्योरेन्सको एनएफआरएस विधिबाट वित्तीय विवरण सार्वजनिक

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म एनएफआरएस विधिबाट वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यो त्रैमासमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७६.२१ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ७ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा आकर्षक सुधार आउँदा नाफामा बढोत्तरी आएको हो ।

कम्पनीले लगानी तथा कर्जाबाट असोजसम्ममा ३१ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १००.२३ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले १५ करोड ८५ लाख आम्दानी गरेको थियो । यसको कुल दावी भुक्तानी पनि १२०.१६ प्रतिशतले बढेर ६२ करोड १४ लाख रुपैयाँ कायम भएको छ ।

गत वर्ष यसले २८ करोड २२ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो । असोजसम्म यसले १ अर्ब ३ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा २३.३२ प्रतिशतले कम हो ।

गत वर्ष यसले ८४ करोड ३१ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ भने यसको रिटेन्ड अर्निङमा ६६ करोड रुपैयाँ छ ।

यसको प्रतिसेयर आम्दानी भने ८ रुपैयाँ १ पैसाले घटेर १३ रुपैयाँ ० ४ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २१ रुपैयाँ १४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १७१ रुपैयाँ ९९ पैसा रहेको छ ।

२४ कात्तिक २०८०, शुक्रवार १३:३८ बजे प्रकाशित

NTA long ad