sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

भर्खरै आइपीओ जारी गरेको सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा सामान्य बढे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा खुद नाफा १.६० % ले बढेर ७ करोड १४ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी वृद्धि हुँदा यसको खुद नाफा बढेको हो ।

एक वर्षमा लगानी तथा कर्जाबाट हुने आम्दानी १४.२४% ले बढेर २६ करोड ६४ लाख ७७ हजार रुपैयाँ पुगेको छ । .

अघिल्लो वर्षको यसैअवधिमा यसले लगानी तथा कर्जाबाट २३ करोड ३२ लाख ५४ हजार रुपैयाँ थियो । खुद बिमा शुल्क आर्जन ३्.४६% ले बढेर १ अर्ब ४२ करोड २१ लाख ४९ हजार रुपैयाँ पुगेको छ । असोज  मसान्तसम्म  आइपुग्दा चुक्ता पुँजी ४२.८६% ले  बढेर ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

यता, चुक्ता पुँजीअनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी भने दबाबमा परेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४५ पैसाले घटेर ७ रुपैयाँ ६३ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ४१ पैसा छ ।

prabhu bank
nawakantipur long