citizens life insurance long ad
stcnepal long ad

भर्खरै आइपीओ जारी गरेको सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा सामान्य बढे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा खुद नाफा १.६० % ले बढेर ७ करोड १४ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी वृद्धि हुँदा यसको खुद नाफा बढेको हो ।

एक वर्षमा लगानी तथा कर्जाबाट हुने आम्दानी १४.२४% ले बढेर २६ करोड ६४ लाख ७७ हजार रुपैयाँ पुगेको छ । .

अघिल्लो वर्षको यसैअवधिमा यसले लगानी तथा कर्जाबाट २३ करोड ३२ लाख ५४ हजार रुपैयाँ थियो । खुद बिमा शुल्क आर्जन ३्.४६% ले बढेर १ अर्ब ४२ करोड २१ लाख ४९ हजार रुपैयाँ पुगेको छ । असोज  मसान्तसम्म  आइपुग्दा चुक्ता पुँजी ४२.८६% ले  बढेर ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

यता, चुक्ता पुँजीअनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी भने दबाबमा परेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४५ पैसाले घटेर ७ रुपैयाँ ६३ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ४१ पैसा छ ।

IME Life
kumari