एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त
काठमाडौं । २०८० कात्तिक २३ गते सम्पन्न एभरेष्ट बैंक लिमिटेडको ३६० औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरको छ ।
साथै उहाँले आजै मिति २०८० कात्तिक २४ गतेका दिन नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिनु भएको छ ।
विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहिरहनु भएका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित हुनुहुन्छ ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसक्नु भएका डा. बालगोपाल वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी (PHD) गर्नु भएको छ ।






















