citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

हिमालयन एभरेष्ट इन्स्यारेन्सको खुद नाफामा १७.८९ प्रतिशत वृद्धि

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्यारेन्सले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवराण सार्वजनिक गरेको छ ।

यस अवधिमा कम्पनीले ५ करोड ३४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिमा भन्दा १७.८९% ले बढी हो ।

यसले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवराण सार्वजनिक गरेको हो । यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी १३.४७% ले घटेर १९ करोड २५ लाख रुपैयाँमा आएको छ ।

यद्दपि, कमिसन आम्दानी १७.१८% र लगानी तथा कर्जाबाट आम्दानी १५.४८% ले बढेपछि खुद नाफामा सुधार भएको देखिन्छ । यसको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको छ । बिमा कोषको आकार ४ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

रिटेन्ड अर्निङ शीर्षकमा १ अर्ब ६२ अर्ब २० करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ३२ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ९.३० रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ १८७.२५ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी गत वर्षको भन्दा १.४१ रुपैयाँ धेरै हो ।

gold
kumari bank