stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

हिमालयन एभरेष्ट इन्स्यारेन्सको खुद नाफामा १७.८९ प्रतिशत वृद्धि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्यारेन्सले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवराण सार्वजनिक गरेको छ ।

यस अवधिमा कम्पनीले ५ करोड ३४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिमा भन्दा १७.८९% ले बढी हो ।

यसले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवराण सार्वजनिक गरेको हो । यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी १३.४७% ले घटेर १९ करोड २५ लाख रुपैयाँमा आएको छ ।

यद्दपि, कमिसन आम्दानी १७.१८% र लगानी तथा कर्जाबाट आम्दानी १५.४८% ले बढेपछि खुद नाफामा सुधार भएको देखिन्छ । यसको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको छ । बिमा कोषको आकार ४ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

रिटेन्ड अर्निङ शीर्षकमा १ अर्ब ६२ अर्ब २० करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ३२ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ९.३० रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ १८७.२५ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी गत वर्षको भन्दा १.४१ रुपैयाँ धेरै हो ।

prabhu mahalaxmi
kumari