citizens life insurance long ad
stcnepal long ad

हिमालयन रिको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेललाई नियुक्त गरेको छ । बीमा क्षेत्रकै पहिलो र एक मात्रै महिला सिइओको उपाधी पाएकी पौडेलले ७ अर्बको दोस्रो पुनर्बीमा कम्पनीको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेकी छिन् ।

करिअरको छोटो समयमै नेपालको बीमा क्षेत्रमा स्थापित पौडेलको युनाइटेड इन्स्योरेन्स कम्पनीको सिइओ पछिको यो अर्को ठुलो सफलता हो ।

उनि एक तह तल झरेर २०७९ मंसिरमा हिमालयन रि इन्स्योरेन्स कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी थिइन्।

हिमालयन रि इन्स्योरेन्स कम्पनीमा यस अघि बीमा क्षेत्रमा चार दशक भन्दा लामो अनुभव भएका भारतीय मुलका चन्द्रशेखरन रामामुर्थी प्रमुख कार्यकारी अधिकृत थिए ।

उनले राजिनामा दिएपछि पौडेललाई संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

युनाइटेडबाट उपसना कार्तिक अन्तिम साता बाहिरिएकी थिइन् । पौडेलले युनाइटेडमा डेढ वर्ष सिइओ र डेढ वर्ष नायब प्रमुख कार्यकारी अधिकृत सहित तीन वर्ष काम गरिन् ।

भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी पौडेलले भारतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारती एक्सामा एक दशक भन्दा लामो समय काम गरेकी थिइन् । भारतबाट उनि सिधै तत्कालिन सानिमा जनरलको सहायक महाप्रवन्धक पदमा रहेर काम गरेकी थिइन् ।

भारतमै पढेर भारतमै एक दशक भन्दा लामो समय काम गरेकै कारण पनि उपसाना पूर्व सिइओ रामामुर्थीको रोजाइमा परेकी थिइन् ।

हिमालयनको सञ्चालक तथा प्रमुख लगानीकर्ता मारवाडी समुदायका धेरै छन् । उनिहरुको सम्बन्ध भारत सँग धेरै छ । त्यसैले गर्दा उनिहरुले भारतीय बजारमा राम्रो सम्बन्ध भएका जनशक्तिको खोजि गरिरहेका थिए ।

IME Life
kumari