citizens life insurance long ad
stcnepal long ad

एनसेलको नयाँ एनसेल सेन्टर लहानमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रम माझ बिहीबार उक्त एनसेल सेन्टरको उद्घाटन गरेका थिए । आज देखि यो सेन्टर सबै ग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्ण रुपमा संचालनमा आएको छ ।

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् ।

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

“हाम्रो मुख्य  उदेश्य भनेको आफ्ना ग्राहकहरुलाई सेवाहरु मार्फत धेरै भन्दा धेरै लाभ सिर्जना गर्नु हो ।” जाब्बोरले भने । “लहानको यो नयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानिय स्तरमा विश्वस्तरीय ग्राहक सेवाहरु प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम संचालनमा ल्याइएको हो ।”

आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ः३० बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । यस अघि एनसेलले विगत १० वर्ष देखि लहानमा आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो ।

आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।

 

IME Life
kumari