citizens life insurance long ad
stcnepal long ad

एमडिएमएस लागू भएपनि मोबाइलको मूल्य नबढने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल मोबाइल वितरक संघले एमडीएमएस लागू हुँदैमा मोबाइल फोनको मूल्य नबढ्ने आज जेठ २८ गते याक एण्ड यति होटलमा पत्रकार सम्मेलन गर्दै संघले स्पष्ट पारेको छ।

एमडीएमएस लागू भएपछि फोनका मूल्यवृद्धि हुन्छ कि भन्ने जिज्ञासा रहेकोमा संघले मूल्यवृद्धि नहुनेमा ढुक्क हुन उपभोक्तालाई आग्रह गरेको छ।

मोबाइल फोन उत्पादक कम्पनीले संसारभरि फोनको मूल्य र व्यापारीका मार्जिन आफैँ निर्धारण गर्ने हुँदा यो सिस्टम लागू भएपछि मोबाइल फोनका मूल्य नबढ्ने संघले जनाएको छ।

सरकारले गत २०८० जेठ १ गतेदेखि एमडीएमएस लागू गरेको छ। नेपालमा मोबाइल सेटका गैरकानुनी आयात, विक्री वितरण रोक्न तथा यसको प्रयोगलाई सुरक्षित तथा थप व्यवस्थित गर्न एंव चोरी भएका तथा हराएका मोबाइल सेटका ट्रयाकिङ तथा ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले यो प्रणाली लागू गरेको जनाएको छ।

मोबाइल आयातकर्ता व्यवसायीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रभावकारी रूपमा कार्यान्वयनमा आए वार्षिक ४ अर्ब रुपैयाँ थप राजस्व बढ्ने बताएका छन्।

उनीहरूले एमडीएमएस लागू नहुँदा अर्बौं रुपैयाँ बराबरका मोबाइलहरू अवैध रूपमा नेपाल आइरहेको र यसबाट राज्यले वार्षिक ४ अर्ब रुपैयाँ बराबर राजस्व गुमाइरहेको बताएका छन। सरकारले तत्काल प्रभावकारी रूपमा एमडीएमएस लागू गरे ४ अर्ब रुपैयाँ बराबर राजस्व बढ्ने उनीहरूको भनाइ रहेको छ।

कार्यक्रममा बोल्दै मोबाइल आयातकर्ता संघ नेपालका अध्यक्ष दीपक मल्होत्राले बजारमा एमडीएमएस कार्यान्वयनमा आएसँगै मोबाइलको मूल्य बढ्छ भन्ने गलत हल्ला फैलिएको भन्दै उनले चोरीका रिफर्बिस अनि कम गुणस्तरका फोनहरू नभित्रने हुँदा उपभोक्ता ठगिनु नपर्ने बताएका छन।

मल्होत्राले अवैध मोबाइल आयातले वास्तविक मोबाइल व्यवसाय ३० प्रतिशतमा खुम्चिएको पनि दाबी गर्दै उनले प्रणाली लागू भएसँगै मुलुकमा अवैध मोबाइलको आयात घट्ने जानकारी दिएका छन। उनले जेठ १ गतेपछि एमडीएमएसका कारण व्यवसाय तंग्रिन लागेको बताएका छन।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालमा प्रयोग गर्न अनुमति नदिएका मोबाइल फोनहरू नेपाली बजारमा देखिएकाले कम गुणस्तरका मोबाइलहरूको नियन्त्रणका लागि एमडिएमएस प्रणाली लागू गरिएको बताएका छन।

खनालले प्राधिकरणले एमडीएमएस लागू गरेर राजस्व उठाउन नखोजेको भन्दै कालोबजारीलाई नियन्त्रण गर्न खोजेको बताउदै उनले दूरसञ्चार प्राधिकरण कालोबजारीका विरुद्ध प्रणाली लागू गर्दा व्यवसायीहरूको पक्षमा देखिएको भन्दै अन्यथा नबुझ्न आग्रह गरेका छन।

अध्यक्ष मल्होत्राले सरकारले कुनै निश्चित व्यवसायीहरूलाई फाइदा पुग्ने गरी एमडीएमएस प्रणाली ल्यायो भन्ने प्रचार गलत भएको बताउदै उनले भन्सार विभागसँग सहकार्य गरेर प्राधिकरणले प्राविधिक सेवासमेत प्रदान गरेको बताएका छन।

कार्यक्रममा बोल्दै भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले विदेशबाट ल्याएका मोबाइल एमडीएमएसमा अनलाइनमार्फत दर्ता गर्न सक्ने प्रविधि ल्याउन लागेको बताउदै उनले विदेशबाट ल्याएका मोबाइलको भन्सार प्रक्रिया सरल र तत्काल गर्नका लागि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा जनशक्तिसमेत थप गरी छुट्टै हेल्प डेस्कको व्यवस्था गरिएको बताउदै
उनले एमडीएमएस कर संकलन गर्न मात्रै नभएर मोबाइलको प्रयोगबाट आपराधिक क्रियाकलाप हुने भएकाले मोबाइलको प्रयोग सुरक्षित बनाउनका लागि लागू भएको बताएका छन।

IME Life
kumari