stcnepal long ad
global ime bank long

चौधरी ग्रुपले पनि विद्युतीय भुक्तानी सेवा शुरू

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बहुर्राष्ट्रिय कम्पनी चौधरी ग्रुप (CG Corp Global सिजी कर्प ग्लोबल) ले पनि विद्युतीय भुक्तानी सेवा शुरू गरेको छ ।

यूरोपेली मुलुक मल्डोभामा मोबाइल सेवा प्रदायक कम्पनी मोल्डसेल संचालन गरिरहेको सिजी कर्पले मोल्ड सेल मनि ब्राण्डमा विद्युतीय भुक्तानी सेवा स‌ंचालनमा ल्याएको हो ।

उपभोक्तालाई उत्कृष्ट वित्तीय कारोबारको अनुभव गराउनका लागी मोल्डसेलले विद्युतीय वित्तीय समाधान प्रदायक विश्वविख्यात कम्पनी कमभिभाको प्रविधि प्रयोगमा ल्याएको हो ।

मोबाइल मनी प्रयोगकर्ताले बै‌ंक कार्ड वा नगद बिना नै मोबाइल नम्बरको भरमा रकम पठाउन, पाउन वा भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध रहेको मोल्डसेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

मल्डोभाको दोश्रो ठूलो दूरसंचार सेवा प्रदायक मोल्डसेलको शेयर स्वामित्व चौधरी ग्रुपले २५ मार्च २०२० मा ३ करोड ५० लाख अमेरिकी डलर (हालको विनिमय दर अनुसार ४ अर्ब ६२ करोड रूपैयाँ) मा स्वेडेनको टेलिया कम्पनीसँग खरिद गरेको थियो । मोल्डसेलसँग १६ लाख भन्दा बढी प्रयोगकर्ता छन् ।

IME Lifesidebar
kumari