citizens life insurance long ad
stcnepal long ad

‘इन्टरनेसनल कल मनिटरिङ सिस्टम’ जोड्दै दूरसञ्चार प्राधिकरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेसनल कल मनिटरिङ सिस्टम’ जडान गर्ने भएको छ । यो प्रणाली जोड्न भएको टेन्डर रद्द गर्न खोजिएपछि लामो समयसम्म अलपत्र परेको थियो ।

सर्वोच्च अदालतले पुरानै प्रक्रिया मार्फत खरिद प्रक्रिया अघि बढाउन फैसला गरेको थियो ।‘रेभिन्यु असुरेन्स’(राजस्वको निगरानी), फ्रड डिटेक्सन(ठगी नियन्त्रण) तथा क्वालिटी असुरेन्स (गुणस्तरको सुनिश्चितता) का लागि भन्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत यस्तो प्रणाली खरिद प्रक्रिया अघि बढेको हो ।

यसअनुसार ‘इन्टरनेसन कल मनिटरिङ सिस्टम(प्रोब्स, कस्टमाइज्ड ड्राइभ, टेस्ट इक्विपमेन्ट र यसको एसोसरिज’ किन्न लागिएको छ ।

तर, आयातित उपकरणको मूल्य अस्वभाविक भएको भन्दै भन्सार प्रशासनले अनुसन्धान गरेको चर्चा भएको थियो ।

एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको स्टान्डर्ड बिडिङ डकुमेन्ट अनुसार नै आशयपत्र माग गरी छनोट भएको संस्थाहरूबाट प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएको बताएको छ ।

सर्वोच्च अदालतको फैसलापछि नयाँ प्रविधि अनुसारको प्रस्ताव गरे भन्दा थप सेवा, सफ्टवेयर तथा उपकरण समेत प्राप्त गरी खरिद गर्ने सम्झौता भ्यानराइज सोलुसन्स सल अफसोर, लेबनानसँग सम्झौता गरिएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली बजारमा नपाउने उपकरणहरू तथा यो प्रोजेक्टमा मात्रै प्रयोग गर्न सक्ने विशेष प्रकारको उपकरणहरू भी प्रोब एप्लाइन्सेस फर भोइस एन्ड एसएमएस ट्राफिक–१०९ सेट, ल्यापटेप विथ ड्राइभ टेस्ट किट र कन्ट्रोल प्यानल–२ सेट, सेल फोन–८ सेट ल्याउन लागिएको छ,’ प्राधिकरणले भनेको छ ।

IME Life
kumari