citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

टेलिकमले ल्यायो अफरसहितको ‘भ्वाइस प्याक

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ ।  २०७९ भदौ १ देखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ ।

इन्डिया भ्वाइस प्याक(डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा उपलब्ध छ ।

त्यसैगरी विक्ली अफर अन्तर्गत ७(एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन ९एक महिना० सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश रु। २५९ मा र ७५९ रुपैयाँमा उपलब्ध छन् ।

एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ।

यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट ८१४१५३ डायल गरी ७ नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

himalayan life insurance
igi long