citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

भृकुटीमण्डपमा फर्निचर एक्स्पो हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । भृकुटीमण्डपमा आयोजना हुन लागेको आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा सहभागि हुनका लागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा तयार गरिने अधिकांश स्टलको बुकिङ भएको बुझिएको छ । भदौ २३ देखि २७ गतेसम्म आयोजना हुने एक्स्पोमा सहभागि हुनका लागि भारत तथा बंगलादेशका समेत प्रदर्शकहरुले स्टल बुकिङ गरेको एक्स्पो व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने एक्स्पोमा कुल १ सय १० स्टल रहने छन् । जसमा मुख्य प्रदर्शनी हलमा ५० र बाहिर तयार हुने ह्याङ्गरमा ६० स्टल बन्नेछन् । इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानका अनुसार मुख्य हलका सबै स्टल बुक भईसकेका छन् भने ह्याङ्गरका केही स्टल मात्र बाँकी छन् । एक्स्पोमा सहभागी हुन चाहनेहरुलाई समयमा नै स्टल बुकिङ गर्न पनि प्रधानले आग्रह गरे ।

एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजक फर्निचर तथा फर्निसिङ संघको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार चाड पर्वको मौसम चल्दै गर्दा घर तथा कार्यालयको फर्निचर अपग्रेड गर्नेहरुका लागि एक्स्पो उचित गन्तव्य बन्नेछ ।

“झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्प अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको बेला एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्ने छ,” जोशीले भने, “यति मात्र नभई एक्स्पोले आर्थिक क्रियाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौं ।”

पाँच दिनसम्म चल्ने एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री मुख्य आकर्षणका रुपमा रहने छन् । आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गरेको छ । त्यसैगरी, जानसा कार्पेट, हलेसी डेकोर र भिवोन चेयरले एक्स्पोलाई मुख्य प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको छ ।

एक्स्पो अवलोकनका लागि एक सय रुपैयाँ शुल्क लाग्नेछ भने डिजी पेका प्रयोगकर्ताले १० गोल्ड क्यास रिडिम गरेर एक्स्पोको पास पाउन सक्छन् । एक्स्पो प्रवेशद्धारमा राखिएको व्यक्तिगत विवरण संकलन केन्द्रमा माग गरिएका आफ्नो वास्तविक विवरण भरेर निःशुल्क एक्स्पो अवलोकन गर्न सकिन्छ ।

कार्यक्रममा सहभागि हुने प्रदर्शक तथा अतिथीहरुलाई एक्स्पोको प्रवेश पास डिजी पे मार्फत नै उपलब्ध गराइने इभेण्ट सोलुसनले जनाएको छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनले सपोर्ट गरेका छन् ।

himalayan life insurance
igi long