एनसेलले ल्यायो मनसुन धमाका अफर
काठमाडौं। एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ जस अन्तर्गत एनसेलका ग्राहकहरूले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन्।
यी प्याकहरू बिहिबार (जेठ १९) बाट सञ्चालनमा रहनेछन्। ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरू रहेका छन्। आफ्नो आवश्यकता अनुसार ग्राहकले कर सहित रु. २९ देखि रु ४८ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन्। ८१७१२३३ डायल गरी ग्राहकले यो प्याक खरीद गर्न सक्नेछन्।
डाटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समयसीमा रहेका तीन प्याकहरू पनि ल्याएको छ। यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउन सक्छन्।
एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकताअनुसार प्याक सुचारु गर्न सक्छन्। उनीहरूले कर सहित १२ रुपैयाँमा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, रु. १४ मा १०० मिनेट टक टाइम र १०० एसएमएस वा रु. २९ मा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन्। यी अल नेट प्याकहरू ८१७१११८३ डायल गरी सहजै लिन सकिन्छ।
यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरू र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरू ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरू जस्तै ईसेवा, खल्ती र आइएमई पेबाट पनि सुचारु गर्न सक्नेछन्।
सुलभ शुल्कमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न मद्दत गर्ने यी प्याकरु ग्राहकका लागि सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ।





















