citizens life insurance long ad
stcnepal long ad

वर्ल्डलिंकको इन्टरनेट स्पिड अब कम्तीमा १५० एमबीपीएस हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको जनाएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ।

यसमा नोकिया वेकन ३.० राउटर प्रयोग हुने बताएको छ। योसगै यो संगै वल्र्डलिंकको ईन्टरनेटको स्पिड अव कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ ।

उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमवीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् । १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ।

‘वल्डलिंक सधै उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन तल्लिन छ । नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप हामीले नयाँ योजना सार्वजनिक गरेका हौं,’ वल्डलिंकका निर्देशक मनोज अग्रवाल बताएका छन्।

विभिन्न तथ्यांकले देखाए अनुसार विश्वमा औसत इन्टरनेटको स्पिड ८० एमबीपीएस हारारारीमा छ भने नेपालमा ईन्टरनेटको औसत स्पिड २२ एमवीपीएस छ । साढे पाँच लाख परिवारलाई इन्टरनेटसँग जोडेको वर्ल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसंगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमवीपीएस पुग्ने अपेक्षा कम्पनीको रहेको जनाएको छ।

काठमाडौंमा आज बुधबार आयोजित एक कार्यक्रमका बीच वल्डलिंकले आफ्नो नयाँ योजना सार्वजनिक गरेको हो । उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्नको लागि निकै सहज हुने वर्ल्डलिंकको अपेक्षा रहेको जनाएको छ।

यो योजनाले ईन्टरनेट सेवाग्राहीको वाईफाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने वल्डलिंकको विश्वास लिएको जनाएको छ ।

IME Life
kumari