citizens life insurance long ad
stcnepal long ad

काठमाडौं महानगरपालिकाले २७ औं महानगर दिवस मनायो

एउटै कार्य क्षेत्रमा धेरै निकाय काम गर्ने भएपछि गर्न सकिने काम पनि रोकिए –प्रमुख शाक्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आज काठमाडौँ महानगरले २७ औँ वार्षिकोत्सव मनाएको छ । २७ गते सुरु गरिएका विविध कार्यक्रम समापन गर्दै आज बसन्तपुरमा मूल समारोह आयोजना गरिएको थियो ।

दिवसका अवसरमा विभिन्न ४० वटा वुथबाट सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप, मधुमेह, रक्तचाप र कोविड परीक्षणसहितको वृहत स्वास्थ्य शिविर, विशेष सरसफाई, वाकथन, मैत्री फुटबल खेल, सांस्कृतिक कार्यक्रम, ‘सांस्कृतिक सहर, काठमाडौं महानगर’ विषयमा विद्यालय स्तरीय वक्तृत्वकला र निबन्ध लेखन प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिएका थिए ।

१९९६ सालमा स्थापना गरिएको सफाइ अड्डा नै महानगरको संस्थागत जग हो । २००४ सालमा नगरपालिका नामाकरण गरिएपछि शासन व्यवस्था परिवर्तनसँगै नाम परिवर्तन हुँदै आयो । यही क्रममा २०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।

आज आयोजना गरिएको मूल समारोहमा २२० जना परम्परागत बाजा गुरुहरुलाई जनही ३० हजार रुपैयाँको चेकसहित सम्मान गरिएको थियो ।

यसै गरी व्यवसाय, बहाल र सम्पत्ति करतर्फ नियमित र धेरै कर तिर्ने करदातालाई करदाता सम्मान गरिएको थियो । यसै गरी स्थानीय सेवा पदक, महानगर गौरव पदक वितरण, साधना प्रधान अग्रणी महिला सम्मान, जनकमान श्रेष्ठ सुशासन पुरस्कार वितरण, महानगर सेवा पुरस्कार, महानगर सेवा गौरव पुरस्कारसहित सम्मान र पुरस्कार वितरण गरिएको थियो ।

समारोहमा महानगरका विषयमा समाचार लेख्ने ९ जना पत्रकारलाई व्यक्तिगत रुपमा र एउटा संस्थालाई संस्थागत रुपमा सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यस्तै रानी पोखरी पुननिर्माण सहजीकरणका लागि गठित स्थानीय उपभोक्ता समितिका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा चित्रकार हरिप्रसाद शर्माले कोर्नु भएका काठमाडौँ उपत्यकाका संस्कृति, सम्पदा र परम्परा झल्किने चित्रहरुको संगालो सार्वजनिक गर्नुभएको थियो । त्यसै गरी महानगर प्रमुख शाक्यले प्रहरी बलले प्रयोग गर्ने वडी वन क्यामराको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल संघीय शासन प्रणालीको प्रारम्भिक अभ्यासमा रहेकोले स्थानीय सरकारको नेतृत्व महानगरले गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्थागत इतिहास, स्रोत र जनशक्ति भएकोले मात्र होइन । संघीय नेपालको केन्द्रीय राजधानी भएको नाताले पनि काठमाडौँ महानगरले स्थानीय राजनीति र प्रशासनको नेतृत्व गर्नुपर्छ । उहाँहरुको भनाइ थियो ।

यसरी धारणा राख्नेहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले धारणा राख्दै काठमाडौँ महानगरका हरेक काम महसुस योग्य, मापन योग्य र अनुकरण योग्य हुनु पर्ने बताउँदै काठमाडौँले यसैअनुरुप गरिरहेको आफूलाई लागेको बताउनुभयो ।

क्षमताले भ्याउने अरु पनि काम गर्न सकिन्छ । सहरको चरित्र र परम्परागत आचरणलाई व्यवस्थित गर्दै जनताका अपेक्षा पूरा गर्नु पर्ने उहाँको भनाइ थियो । ठूला सहरका वरिपरि साना साना अरु पनि सहर हुन्छन् । ती सहरहरुकोको केन्द्र ठूलो सहर हुन्छ । काठमाडौँलाई पनि त्यही रुपमा विकास गर्नुपर्छ । मन्त्री श्रेष्ठको भनाइ थियो ।

त्यस क्रममा बागमती प्रदेशका सभामुख श्रेष्ठले स्थानीय भाषा, कला, साहित्य र सिर्जनाका लागि महानगरले धेरै काम गरेको उल्लेख गर्नुभयो । नेपाल भाषाको स्थानीय पाठ््यक्रम तयार पारेर पाठ्पुस्तक कार्यान्वयनमा ल्याउनुलाई ठूलो उपलब्धी मान्नु पर्ने सभामुख श्रेष्ठको भनाइ थियो ।

जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले संघीयतामा जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकार स्थानीय तह भएकोले यसलाई मजवुद बनाउन सबैको भूमिका हुनु पर्ने बताउनुभयो । महानगरपालिकाले सम्पादन गरेका कामका विषयमा चर्चा गर्दै उहाँले गएको ४ बर्षको अवधिका धेरै परिवर्तन भएको आफूले महसुस गरेको बताउनुभयो ।

महानगरले क्षमता भएका काम पनि गर्न पाएन । समारोहमा बोल्दै महानगरका प्रमुख शाक्यले, संघ र प्रदेश सरकारले महानगरका योजनामा सहयोग गर्नुपर्ने बताउनुभयो । महानगरसँग सहरी पूर्वाधार निर्माण, सुविधा वितरण र सम्पदा संरक्षणका लागि पर्याप्त क्षमता छ तर आफूसँग भएको क्षमतालाई पूर्ण प्रयोग गर्न सक्ने अवस्था छैन ।

यसपछाडि वाझिएका कानुनी प्रबन्ध र विकास साझेदारविचको असमन्वय मुख्य कुरा भएको प्रमुख शाक्यको भनाइ थियो ।

त्यस क्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले काठमाडौँले फोहोर व्यवस्थापनको दिगो समाधानका लागि नेतृत्व गर्नु पर्ने सुझाव राख्नुभयो ।

त्यसै गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले महानगरले विकास र व्यवस्थापनका नयाँ अभ्यास प्रयोग गर्दै जानु पर्ने र अन्य पालिकाहरुले महानगरबाट सिक्नुृ पर्ने भएकोले यसैअनुरुपको प्रणाली विकास गर्नुपर्ने बताउनुभयो ।

महानगरपालिकाले धेरै सेवाग्राहीको कामलाई १ दिनभन्दा धेरै दिन लगाएको छैन । गएको बर्ष गरिएको सेगाग्राही सर्वेक्षणको नतिजाका विषयमा कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विद्युतीय प्रणालीको विकास गरेर जनतालाई घरबाटै सेवा लिन सक्ने पद्धति विकासको क्रममा रहेको उल्लेख गर्नुभयो ।

महानगर दिवसको औपचारिक कार्यक्रम सकिएपछि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
 

 

 

IME Life
kumari