citizens life insurance long ad
stcnepal long ad

रियलमीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याउने, नार्जो ५०ए र नार्जो ५०आई बजारमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संसारमै सबैभन्दा चाँडो १० करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ।
रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः नार्जो ५० आई र नार्जो ५० ए ल्याउने भएको हो।

कुनै पनि फिचरहरुमा सम्झौता नगरी आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट हुन्।

लन्चका अवसरमा मुरारका ल्याउने ग्रुपका डिरेक्टर शिरिष मुरारकाले भने, ‘संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ।

यो सँगै हाम्रो मुख्य उदेश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो र यहि सिलसिलामा हामीले हाम्रो पहिलो लन्चका रुपमा रियलमीको नार्जो सेरिज नार्जो ५० ए र नार्जो ५० आई ल्याएका छौँ,जुन हाम्रो उपभोक्ताका लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन्।

यी दुई फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको छ।’

IME Life
kumari