sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

बैंकहरुको निक्षेप रु. २ अर्बले बढ्यो, सीडी रेसियो ९०.८८ प्रतिशत

बैंक तथा वित्तीय संस्थाहरुको मंसिर १६ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा निरन्तर सुधार देखिएको छ। लगातार ओरालो लागिरहेको बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पछिल्ला केही दिनदेखि भने सामान्य रुपमा बढ्दै गएको पाइएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत मंसिर १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । गत मंसिर १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ । यो हिसाबले एकै दिन निक्षेप २ अर्ब रुपैयाँले बढेको देखिन्छ। गत मंसिर १५ मा पनि निक्षेप २ अर्ब रुपैयाँले बढेको थियो।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको मंसिर १६ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १५ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको थियो। यो एक दिनमा कर्जा लगानी २ अर्बले बढेको देखिन्छ।

वाणिज्य बैंकहरुको निक्षेप भने यो एक दिनमा १ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १५ गतेसम्म ४२ खर्ब २७ अर्ब रुपैयाँ रहेको कुल निक्षेप मंसिर १६ गतेसम्म बढेर ४२ खर्ब २८ अर्ब रुपैयाँ पुगेको थियो। गत मंसिर १५ गते पनि निक्षेप १ अर्ब रुपैयाँले बढेको थियो।

यो एक दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर मंसिर १५ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ६७ अर्ब रुपैयाँमा बढेर ४० खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार मंसिर १६ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो स्थिर रहँदै ९०.८८ प्रतिशत रहेको छ । गत मंसिर १५ पनि औसत सीडी रेसियो ९०.८८ प्रतिशत नै थियो। अन्तरबैंक ब्याजदर भने ४.९७ प्रतिशतबाट घटेर ४.९६ प्रतिशतमा झरेको छ।

gold
prabhu bank
nawakantipur long