citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल टेलिकमले पाँचौँ पुस्ताको मोबाइल प्रविधि ‘फाइभजी’ परीक्षण गर्ने स्वीकृति पाए

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल टेलिकमले पाँचौँ पुस्ताको मोबाइल प्रविधि ‘फाइभजी’ परीक्षण गर्ने स्वीकृति पाएको छ । टेलिकमको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणको गत हप्ता बसेको सञ्चालक समितिको बैठकले परीक्षण गर्न दिने निर्णय गरेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

प्राधिकरण बोर्डले परीक्षणको अन्तिम स्वीकृति दिनुपूर्व नै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षता रहने रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नेपाल टेलिकमलाई फाइभजी परीक्षण गर्न दिने निर्णय गरेको थियो ।

समितिको निर्णयपछि प्राधिकरणले गत साउनमा ‘फाइभजी लगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि २०७८’ जारी गर्दै कानुनी बाटो खुला गरेको थियो । कार्यविधिमा फाइभजी परीक्षणका प्रावधान उल्लेख गरिएको छ ।

जस अनुसार परीक्षणको अनुमति पाउने दूरसञ्चार सेवा प्रदायकले एक वर्षसम्मका लागि दस्तुर छुटमा फ्रिक्वेन्सी पाउनेछन् र उक्त समयपछि फ्रिक्वेन्सी र प्रयोग गरिएका उपकरण प्राधिकरणलाई फिर्ता गर्नुपर्ने हुन्छ ।

प्राधिकरण बोर्डले टेलिकमलाई २६ सय मेगाहर्ज ब्यान्डमा फाइभजी परीक्षणका लागि ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । उक्त फ्रिक्वेन्सी टेलिकमले परीक्षण अवधि सकिएपछि भने प्राधिकरणलाई नै फिर्ता गर्नुपर्नेछ ।

बोर्डको निर्णय सहितको पत्र प्राधिकरणले टेलिकमलाई दिएपछि फाइभजी परीक्षणको तयारी थाल्नुपर्नेछ । टेलिकमले यसअघि काठमाडौँ, पोखरा, विराटनगर र वीरगञ्जमा फाइभजी परीक्षण गर्ने योजना सार्वजनिक गरेको थियो ।

himalayan life insurance
igi long