Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

टेलिकमका भष्ट एमडि अधिकारी रातभर थुनिए

civilbank long ad

काठमाडौँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई कर्मचारीले गत मंगलबार राति कार्यालयमा नै थुनेका छन् ।

नियमावली संशोधनको विषयमा असन्तुष्ट भएका टेलिकमका कर्मचारीले आफ्ना मागहरु सुनुवाई नगरेको भन्दै प्रबन्ध निर्देशक अधिकारीलाई मंगलबार राति कार्यालयमै थुनेका छन्।

आज साउन ६ गते बुधबार दिउँसो माग पूरा गर्ने सर्तमा उनीहरुले हाकिमलाई बिहान छोडिदिएका थिए ।

टेलिकम ऐन नियममा उप–प्रबन्ध निर्देशक ५ वर्ष पुगेपछि र निर्देशक आठ वर्ष पुगेपछि स्वतः अवकाशमा जाने व्यवस्था रहेकोमा नयाँ विनियमावलीले यो व्यवस्था हटाएसँगै टेलिकमका सबै कर्मचारी युनियनहरू संयुक्त आन्दोलनमा रहेका छन् ।

कर्मचारी युनियनहरुले प्रबन्ध निर्देशक, उप–प्रबन्ध निर्देशक, निर्देशक जस्ता उच्च तहका कर्मचारी स्वतः अवकाश हुने पुरानै व्यवस्थाले निरन्तरता पाउनुपर्ने माग गर्दै कर्मचारीहरु आन्दोलन गर्दै आएका छन् ।

क्यापिङको व्यवस्था हटाउँदा तल्लो तहमा कार्यरत कर्मचारीको बढुवा रोकिने भन्दै कर्मचारी युनियनले विरोध गर्दै आएका छन् ।लोकसेवा आयोगले पनि सिनियर तहका कर्मचारीमा रहँदै आएको क्यापिङको प्रावधान हटाएको छ ।

प्रबन्ध निर्देशकको हकमा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको छ । एमाले सरकारले नियुक्त गरेका टेलिकमका प्रबन्ध निर्देशक अधिकारीलाई शेर बहादुर देउवा सरकारले हटाउने भएको छ।


६ साउन २०७८, बुधवार १९:२६ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad