citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

डिसहोमले २४ लाख कित्ता आईपीओ जारी गर्ने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । डीस होम प्रा. लि. सन् २०१७ मा पव्लिक कम्पनी लि.मा परिणत भएपछि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ ।

गत वर्ष असार २७ गते डिसहोमले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सर्वसाधारणका लागि सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । धितोपत्र बोर्डले अनुमति दिएसँगै डिमहोमले छिट्टै नै आइपीओ जारी गर्ने जनाएको छ ।

५८ एचडी र १४९ एसडी च्यानल गरी २०७ टेलिभिजन च्यानल डीस होमले ग्राहकलाई बितरण गर्दै आएको छ । यसका साथै कम्पनीले ७० वटा प्रिमियम च्यानल र आफ्नै १६ वटा आफ्नै च्यानल समेत प्रसारण गर्दै आएको छ ।
११ लाख ग्राहक रहेको डिसहोमले ग्रामिणस्तरसम्म स्याटालाइटमार्फत् इन्टरनेट पुर्‍याउने तयारीसमेत अगाडि बढाइरहेको छ ।

२०१८ मा ३ अर्ब ९५ करोड, २०१९ मा ४ अर्ब २५ करोड र गत वर्ष ५ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले पछिल्ला तीन वर्षमा औषत ३० प्रतिशतका दरले आम्दानी बृद्धि गरेको छ ।

आम्दानी बढ्दै जाँदा डिसहोमले ऋण भने घटाउँदै लगेको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा ७ करोड ८० लाख रुपैयाँ ऋण घटाएर कुल ऋण २ अर्ब २४ करोड ५० लाख पुर्‍याएको छ ।

२०२० मा ग्राहकको संख्या ४।०४ प्रतिशतले बढाएको कम्पनीको सब्सक्रिप्सनबाट हुने आम्दानी २४.४९ प्रतिशत पुगेको छ ।

कम्पनीको पुँजीगत संरचनातर्फ ४७ प्रतिशत हङकङको स्यान्डमाार्टिन इन्टरनेशनल होल्डिङ कम्पनी र बाँकी ५३ प्रतिशत नेपाली लगानीकर्ताको हिस्सामा छ । कम्पनीको अध्यक्षमा हेमराज ढकाल र प्रवन्ध निर्देशकमा सुदिप आचार्य हुन् ।

himalayan life insurance
igi long