stcnepal long ad
dftqc long ad
prabhu bank long ad

अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन सरकारले अङ्ग्रेजी च्यानल ‘एनटीभी वर्ल्ड’ सञ्चालन गर्ने

civilbank long ad

काठमाडौं । ‘समृद्धिका लागि सञ्चार’, ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तर्राष्ट्रिय समुदायमा पुग्दैछ’ भन्ने नाराका साथ समृद्ध नेपालको सञ्चार पहुँच अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन सरकारले अङ्ग्रेजी च्यानल ‘एनटीभी वर्ल्ड’ सञ्चालन गर्ने भएको छ । शनिवार प्रस्तुत बजेटमा महत्त्वका साथ नेपाल टेलिभिजनबाट यस च्यानल सुरु गरिने घोषणा भएको हो ।

नेपाली टेलिभिजन प्रसारणका इतिहासमा यस च्यानलले अन्तर्राष्ट्रिय समुदायमा नेपाल बुझ्ने गरी सामग्री प्रस्तुत गर्ने कुरा पहिलो कदमका रूपमा लिइएको छ । च्यानलले नेपाल टेलिभिजनको प्रसारणलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने छ ।

च्यानल सञ्चालनका लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरेको छ । ‘नेपाल टेलिभिजनको प्रसारणलाई अन्तरर्राष्ट्रियस्तरमा पुर्‍याउन एनटीभी वर्ल्ड च्यानल सञ्चालनमा ल्याइनेछ’, नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा भनिएको छ ।

अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सिधै पहुँच नभएकाले छिट्टै सञ्चालन हुने ‘एनटीभी वर्ल्ड’ सहज माध्यम बन्ने विश्वास लिइएको छ । आफ्नै सञ्चार पहुँच नहुँदा नेपालबारे बेला–बेला उत्पन्न हुने भ्रमले देशको पर्यटन क्षेत्रलाई समेत प्रभावित तुल्याएको छ ।

‘समृद्ध नेपाल स् सुखी नेपालीको सन्देश अन्तर्राष्ट्रिय समुदायमा अहिलेसम्म पुग्ने माध्यम छैन, नेपाली टेलिभिजनको इतिहासमा एनटीभी वर्ल्ड च्यानल मार्फत पहिलो पटक अन्तर्राष्ट्रिय समुदायसँग पहुँच पुग्नेछ’, सरकारका प्रवक्ता पार्वत गुरुङले भन्नुभयो । सञ्चारको संसार भन्ने मान्यतासहित सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने नीतिअनुसार सरकार अघि बढेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले बताउनुभयो । रासस


१६ जेठ २०७८, आइतवार १९:५१ बजे प्रकाशित

nawakantipur long
nabilbank long ad