citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सेवाग्राहीलाई नेपाल टेलिकमको २२ प्रतिशत सेयर बिक्री गरिने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को २२ प्रतिशत सेयर ग्राहकहरुलाई बिक्री गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट मार्फत टेलिकमको २२ प्रतिशत सेयर सेवा प्रयोग गर्ने प्राकृतिक व्यक्तिहरुमा विनिवेश गर्ने घोषणा गरेका हुन् ।

टेलिकमको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट प्रयोग गर्ने प्रकृतिक व्यक्तिहरुलाई सेयर विनिवेश गर्न लागिएको अर्थमन्त्रीले भनेका छन् ।

हाल सेवा प्रयोग गरिरहेका र २०७८ पुस मसान्तसम्म थप हुने ग्राहकहरुले सेयर खरिदमा समावेश हुन सक्नेछन् । कम्पनीको सेयर विनिवेश सम्बन्धी विस्तृत प्रक्रिया र सेयर मूल्यको विवरण आगामी असोज मसान्तभित्र तय गरिने अर्थमन्त्रीले जानकारी गराएका छन् । सेयर खरिदमा प्रकृतिक व्यक्तिमात्र सहभागी हुन सक्नेछन् ।

himalayan life insurance
igi long