टेलिकमले रणनीतिक व्यवस्थापक पाटर्नर भित्र्याउँदै, दूरसञ्चार पूर्वाधार सेवा कम्पनी पनि गठन गर्ने
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले कम्पनीको कार्यशैली र व्यवस्थापकिय सुधार गर्नको लागि व्यवस्थापक पार्टन भित्र्याउने तयारी गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अब नेपाल टेलिकमले रणनीतिक पाटर्नर भित्र्याउने तयारी भइहरेको बताएका हुन् ।
नेपाल टेलिकमको १७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले नेपाल टेलिकमले चाँडै नै रणनीतिक वयवस्थापक भित्र्याउने बताएका हुन् ।
कम्पनीको भावी योजनाहरु बताउँदै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्य र सहमतिमा दूरसञ्चार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गर्ने र पूर्वाधारको सह–प्रयोग मार्फत लागत कम गराई सेवालाई सस्तो बनाउन कम्पनी अग्रणी भूमिका निर्वाह गर्न तयार रहेको बताए ।
यस्तै, उनले चालु आयोजनाहरुलाई स्वीकृत कार्ययोजना अनुसार समयमा नै सम्पन्न गर्ने गुणस्तरी सेवा प्रदान गर्ने, मर्मत सम्भारलाई थप वैज्ञानिक बनाउने, सबै स्थानीय निकायमा ब्रोडब्याण्ड सेवा पुर्याउने लगायतका योजना भएको बताए ।























