stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

१२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस ब्यालेन्स

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागि मात्र ल्याइएको हो ।

यो सिम ग्राहकले कार्तिक १ देखि नजिकैको एनसेल सेन्टरहरु वा देशभरी रहेका एनसेलका आधिकारिक खुद बिक्रेताहरुबाट सजिलै मात्र ९९ रुपयाँमा खरिद गर्न सक्ने व्यवस्था गरेको छ । गो सिमको खरिदसँगै ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यसका साथै ग्राहकले गो सिम मार्फत दामी म्युजीक तथा हङ्गामा म्युजीक प्रो ३० दिनसम्मका लागि निःशुल्क सुचारु गर्न सक्छन् । ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातीसम्ममा गरेको पहिलो रु १०० वा सो भन्दा बढिको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ ।

“महिलाहरुका लागि विषेश रुपमा डिजाइन गरिएको यस प्रकारको पहिलो महिला केन्द्रित प्याक सुरु गर्न पाएकोमा हामी धेरै खुसी छौं । यसको विषेशताहरुमा बन्डल सेवा देखि लिएर आपतकालिन अवस्थाका लागि सञ्चार सेवा, सुरक्षाको लागि एसएमएस सेवा र महिलाका क्षेत्रमा काम गर्ने संस्थाहरुमा निःशुल्क कल सेवा जस्ता थुप्रै सुविधाहरु रहेका छन् । यो प्याक ल्याउनुको प्रमुख कारणहरु मध्ये महिला सुरक्षा एक हो ।

यसले महिला वर्गलाई दुरसञ्चार सेवा सुनिश्चित गर्ने मात्र नभई यसमा उपलब्ध सेवा, सुविधा तथा सुरक्षाको हिसाबले समेटिएको विषेशताले महिला सशक्तिकरणमा सहयोग पुर्याउने विश्वास हामीले लिएका छौ ।” एनसेल आजियाटा लिमिटेडका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने ।

महिलाहरुलाई दुरसञ्चार सेवाको पहँच सुनिश्चित गर्दै यसको लाभ प्रदान गर्ने उद्देश्यअनुरुप ल्याइएको गो सिम अन्तर्गत ग्राहकले सिम खरिद गरेको दिनदेखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्नेछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउन तथा एसएमएस पठाउन प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै यो सिम लिने ग्राहकका लागि अपलकालिन सञ्चार सेवाका लागि विषेश सुविधा रहेको छ । यस अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स रु ५ भन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालिन सञ्चार सेवाका रुपमा सजिलै लिन सक्नेछन् । ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवा वापतको कर सहित रु १० मेन ब्यालेन्सबाट काटिने छ ।

त्यसैगरी यो सिममा महिलाहरुको सुरक्षाका लागि निःशुल्क उपलब्ध हुने अर्को विषेश सुविधा पनि रहेको छ । जस अन्तर्गत प्रयोगकर्ताले आपतकालिन अवस्थामा आफुले चाहेका तीन एनसेल नम्बरहरुमा आपतकालिन सन्देश पठाउन सक्नेछन् । गो सिम प्रयोगकर्ताले एस्ट्रिक्स १७१८० ह्यास डायल गर्ने बित्तिकै आफुले छानेका तीन नम्बरहरुमा पुर्वनिर्धारित आपतकालिन सन्देश ‘अर्जेन्ट आइ निड हेल्प ।

प्लीज कल’ एसएमएस आपतकालिन सन्देशका रुपमा गो सिम प्रयोगकर्ताको नम्बर सहित स्वतः जानेछ । ग्राहकले यसरी आपतकालिन सन्देश प्रवाह गर्नपर्ने तीन नम्बरहरु एस्ट्रिक्स १७१८० एस्ट्रिक्स १ह्यास डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सक्नेछन् । यो सेवा ग्राहकले आपलकालिन अवस्थामा मात्र आवश्यक सहयोगको लागि प्रयोग गर्नु पर्नेछ ।

थप आकर्षणका रुपमा गो सिम प्रयोगगर्ने कोही पनि महिलाले महिलाका क्षेत्रमा कामगर्ने विभिन्न संस्थाहरुमा महिनामा ६० मिनेट सम्म निःशुल्क कल गर्न सक्ने सुविधा रहेको छ । यसबाट महिलाहरुले आफुलाई आवश्यक परामर्श सजिलै लिन सक्नेछन् ।

यी विभिन्न आकर्षक सुविधाहरुको साथै, गो सिम प्रयोगकर्ताले डेटा, स्वास्थ्य र विभिन्न मनोरञ्जन सहितको कम्बो प्याक सुलभ दरमा प्रयोग गर्न सक्छन् । गो प्रयोगकर्ताले एस्ट्रिक्स १७१०४ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari