‘कुरै कुरामा उपहार’ योजना एनसेलले ल्यायो
काठमाडौं । एनसेलले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै कुरै कुरामा उपहार’ योजना ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउने छन् ।
एनसेलका अनुसार प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन्, त्यति नै धेरै उपहार जित्ने मौका पाउने भएका छन् । यो योजना असोज १८ गते आइतबारदेखि लागू भएर आठ हप्ता अर्थात् मङ्सिर १३ गतेसम्म कायम रहने एनसेलले जनाएको छ ।
एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै योजनामा निःशुल्क सहभागी हुन सक्नेछन् । यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरुमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन ए सय जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिइने एनसेलले जनाएको छ ।
दैनिक उपहार अन्तर्गत ग्राहकले दुई सय रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहने एनसेलले जनाएको छ ।
साथै हप्ताभरि धेरै कुरा गर्ने ग्राहकहरुमध्ये सातै प्रदेशका एकरएक जना गरी सात जना भाग्यशाली ग्राहक छनोट गरिने योजना रहेको छ । प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एम ०१ एस ह्याण्डसेट उपहार स्वरुप प्राप्त गर्ने एनसेलले जनाएको छ ।
त्यसैगरी यो योजना अवधिभर सबैभन्दा बढी मिनेट कुरा गर्ने दुई ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन् । बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ ।
























