stcnepal long ad
ime life insurance
national life
global ime bank long

टेलिकमको नाफा ०.३१५ ले खुम्चियो, रिजर्भ कोषमा भने ७४ अर्ब ३६ करोड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोेस्रो त्रैमासमा ४ अर्ब ९३ करोड ९१ लख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्ष भन्दा ०.३१५ ले घटेको छ । गत वर्ष यसले ४ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले दूरसञ्चार लगायतका विभिन्न प्रविधि सम्बन्धी सेवा गर्छ । सामाजिक सञ्जाल मार्फत पनि यस्ता व्यापारको हिस्सा बढ्न थालेको छ । जसका कारण दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई चुनौती थपिएको छ ।
यस बाहेक ग्राहक बढाउने प्रतिस्पर्धा पनि खुम्चिंदै गएको छ । किन भने धेरैको हातमा मोबाइल फोन पुगिसकेको छ । जसको प्रभावस्वरुपः नाफा केही संकुचन हुनु स्वभाविक हो । यद्दपि, टेलिकमका महत्वपूर्ण आधारभूत सूचकहरु हेर्दा कम्पनीको अवस्था निकै सबल देखिन्छ । कमाई, रिजर्भ लगायतका आधारमा बजार भाउ पनि सस्तो हो ।
गत वर्ष टेलिकमले सेवा व्यापारबाट १८ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेकामा यस पटक थोरै घटेर १८ अर्ब ३ करोड ९५ लाख रुपैयाँमा आइपुगेको छ । चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोष भने झन् बलियो बन्दै गएको छ । यो त्रैमास सम्ममा टेलिकमको रिजर्भ कोषमा ७४ अर्ब ३६ करोड १९ लाख ५० हजार रुपैयाँ जम्मा भइसकेको छ ।
पुससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ८६ पैसा (बार्षिक) रहेको छ । गत वर्ष प्रति सेयर ६६ रुपैयाँ ०६ पैसा (बार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ ५९५ रुपैयाँ ७५ पैसा छ ।

IME Lifesidebar
kumari