काठमाडौं । नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मानन्धरलाई आधिकारिक प्रवक्ता नियुक्त गरेको जानकारी दिएको हो ।
यसअघि उनी टेलिकमको केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धकका रूपमा कार्यरत थिए ।