citizens life insurance long ad
stcnepal long ad

नेपाल दूरसंचार प्राधिकरणले ३ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ३ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले तोकिएको शर्त पालना नगर्ने र समयमा नै नवीकरण नगर्ने कम्पनीहरुको लाइसेन्स खारजे गरिएको जनाएको छ । प्राधिकरणले रेग्मी मिडिया इंक, सी.डाटा कम्युनिकेसन र लाइफ नेटको लाइसेन्स खारेज गरेको हो ।

सी.डाटा कम्युनिकेसन र लाइफ नेटको लाइसेन्स सोमबार खारेज गरिएको हो भने मंगलबार इमेल सहितको सेवा प्रदान गर्ने रेग्मी मिडिया इंक प्रा.लि.को लाइसेन्स खारेज भएको हो ।

सो कम्पनीले २०७१ असोज २३ मा इन्टरनेट सेवा सञ्चालनको लागि प्राधिकरणबाट अनुमति पाएको थियो ।

यी सेवाप्रदायकलाई नेपाल दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम कारवाही सहित लाइसेन्स रद्द भएको प्राधिकरणले जनाएको छ ।

तिर्न बुझाउनपर्ने रकमका सम्बन्धमा ३० दिनभित्र सम्पर्क गर्नुपर्ने अन्यथा कानून बमोजिम थप कारवाही हुने प्राधिकरणका भनाइ छ ।

IME Life
kumari