stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

टाटाको टियागो इभी बुकिङमा सुनको असर्फी र आइ फोन १६ प्रो पाइने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो इभी धनतेरस एक्सचेन्ज धमाका योजना ल्याएको छ ।

धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरु टाटाको टियागो इभीसँग साट्न सकिनेछ ।

यस वर्षको धनतेरसलाई लक्षित गरेर कात्तिक ८, ९, र १० गते टियागो इभि धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी भएर ग्राहकहरुले टियागो इभीको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्ने छन् । यो अफर ३ दिनका लागि मात्र लागु हुनेछ ।

kumari bank
kumari
nawakantipur long