citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको  १० अर्ब ३३ करोडको व्यापार

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सन् २०२३ मा १० अर्ब ३३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा १०.०२ प्रतिशत धेरै हो ।

सन् २०२२ मा यस कम्पनीले ९ अर्ब ३९ करोड १० लाख र सन् २०२१ मा ७ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।

वर्ल्डलिंक कम्युनिकेसन्स २१ जनवरी, सन् १९९६ मा एक निजी कम्पनीको रुपमा स्थापित भएको थियो । यो अप्रिल २४, सन् २०१९ मा पब्लिक लिमिटेडमा परिणत भएको हो । यो नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो ।

यस कम्पनीको वैदेशिक लगानी २ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । कम्पनीको बजार हिस्सा २९ प्रतिशत छ । यसको सक्रिय ग्राहक संख्या बढ्दै गएको छ । सन् २०२४ को अप्रिल मसान्तसम्ममा ८.९९ लाख पुगेको थियो ।

यसले देशको ४० प्रतिशत भन्दा बढी इन्टरनेट ब्यान्डविथ बोक्छ । र, ७० वटा भन्दा बढी जिल्लाहरुमा यसको सेवा उपलब्ध छ । यस कम्पनीको नेपालभर १ सय ४० शाखा छन् । यसबाहेक, सन् २०२३ मा १५० नयाँ स्थानहरुमा नेटवर्क पूर्वाधार स्थापना गरेको एजेन्सीले जनाएको छ ।

कम्पनीको वित्तीय कार्यसम्पादन सन्तोषजनक रहेको छ र ग्राहक संख्यामा निरन्तर वृद्धि भएको छ । जसकारण व्यापार पनि बढेको हो ।

यसले कुल ३ अर्ब ५० करोड रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये, लङ ट्रम २ अर्ब २९ करोड कर्जाका लागि ‘केयर एनपी ए’ र सर्ट ट्रम १ अर्ब २१ करोड रुपैयाँ बैंक कर्जाका लागि ‘केयर एनपी ए२ प्लस’ रेटिङ प्राप्त गरेको छ ।

IME Life
kumari