stcnepal long ad
global ime bank long

नेपाल टेलिकमले आइपिटिभी सेवामा आलाकार्टा प्रणाली लागु गर्‍यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमले भिएएस सेवाको रूपमा सञ्चालन गरेको आइपिटिभी सेवामा आलाकार्टा प्रणाली लागु गरेको छ।

सरकारले आलाकार्टा शुल्क प्रणाली लागु गर्न दिएको निर्देशन अनुसार टेलिकमले आफ्नो टेलिभिजन सेवा ग्राहकका लागि एनटिटिभी आलाकार्टा शुल्क प्रणाली लागु गरेको बताएको छ।

आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी नेपाल टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागु गरेको जनाएको छ।

उक्त प्रणाली अनुसार ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीको भनाइ छ।

IME Lifesidebar
kumari