citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी

दुवै पक्षले मुख्य रूपमा एड्भान्स्ड एनालिटिक्स, सीभीएम, डिजिटल रूपान्तरण, इन्टरनेसनल क्यारियर एन्ड होलसेल लगायतथुप्रै क्षेत्रमा सहकार्य गर्न सकिने अवसरहरू पहिचान गरेका छन्

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं  । एनसेलले बुधबार (फागुन १६) आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङ सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुविधा तथा प्लेट फर्महरू उपलब्ध गराउन ईएन्ड इन्टरनेसनलसँग रणनीतिक समझदारी गरेको छ ।

यो सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा हस्ताक्षर गरेका हुन् ।

ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको एतिसलात ब्रान्डको दूरसञ्चार कम्पनीचलाउने ईएन्ड ग्रुपको एक अंशहो ।

समझदारी पत्रअनुसार, दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सीभीएम) र एड्भान्स्ड एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङ लगायतको व्यावसायिक सहायता, ग्राहकअनुभव, खरिद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रूपान्तरण लगायत क्षेत्रमा सहकार्य गर्नेछन् ।

यो सहकार्य आय बढाउन, नवीन सेवाहरू सञ्चानलमा ल्याउन, खरिद र नेटवर्क सुदृढीकरणमा बचत गर्न, अन्तर्राष्ट्रिय लामो दूरीको व्यवसाय र डिजिटल सोलुसन्स बढाउन महत्त्वपूर्ण हुनेछ ।

यसकालागि एनसेल र ईएन्ड इन्टरनेसनलले नेपाल काग्राहकको डिजिटल यात्रा सजिलो हुने गरी ठोस र प्रभावकारी नतिजा प्रदान गर्नेछन् ।

“ईएन्ड इन्टरनेसनलसँगको यो रणनीतिक साझेदारी एनसेलको टेल्कोबाट डिजिटल टेकको बन्ने यात्राको महत्त्वपूर्ण उपलब्धिहो ।

यो साझेदारी नेपालको डिजिटल विकासमा योगदान पु¥याएर डिजिटल रूपान्तरणलाई गति दिने हाम्रो प्रतिबद्धता अनुरूप छ,” सम्झौतापछि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “ईएन्ड इन्टरनेसनलको नेतृत्व र पार्टनर नेटवर्क प्रोग्रामको बृहत् अनुभवका साथ यो सहकार्यले एनसेललाई असीमअवसरहरूका साथ सशक्तबनाउने कुरामा हामी विश्वस्त छौं ।

ईएन्ड इन्टरनेसनलका साथ हामी हाम्रा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आफ्ना सेयरधनी, व्यावसायिक साझेदार र सम्पूर्ण दूरसञ्चार क्षेत्रको प्रगतिमा योगदान पु¥याउन तयार छौं ।

मोबाइल कनेक्टिभी भन्दा बाहिर समेत नेटवर्क पूर्वाधार विस्तारलाई प्राथमिकता दिइरहेको अवस्थामा हामी डिजिटल नेपाल भिजनको उद्देश्य प्राप्त गर्ने लक्ष्यमा योगदान पु¥याउन प्रतिबद्ध रहेको स्पष्ट पार्न चाहन्छौं, जुनहाम्रो थिम ‘हेयर फर यू’अर्थात ‘हामी तपाईंकै लागि’ माआधारित छ ।”

ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले एनसेलसँगको साझेदारी नेपालका उपभोक्ता र व्यवसायीहरूलाई कनेक्टिभिटी र डिजिटल रूपान्तरणका लाभ दिलाउने नयाँ अध्याय भएको बताए ।

“स्थानीय बजारबारे एनसेलको गहिरो बुझाइ र विश्वस्तरीय डिजिटल सञ्जाल विकास गर्ने हाम्रो विशेषज्ञताको संयोजनबाट यस डिजिटल युगमा नेपालको प्रगतिलाई गति दिन मद्दत गर्न सक्छौं भन्ने कुरामा म विश्वस्त छु,” उनले भने, “पूर्वाधारलाई अप्टिमाइज गरेर, कनेक्टिभिटी बढाएर र सेवाहरूमा नयाँअवसर पहिल्याएर हामी सबै नेपालीका लागि साँच्चै कनेक्टेड र समावेशी डिजिटल भविष्य निर्माणमा सघाउने लक्ष्य राख्छौं ।

यो सुरुवात मात्र हो । नेपालको महत्त्वाकांक्षी डिजिटल भिजनलाई साकार पार्न रणनीतिक साझेदारको रूपमा के गर्न सक्छौं, त्यो गर्न हामीतत्पर छौं ।”

यसैगरी सामझदारीअन्तर्गत एनसेलले ईएन्ड इन्टरनेसनलको सहयोगमा डिजिटल र परम्परागत माध्यमको सदुपयोग गर्दै रियल टाइम र कन्टेक्सचुअल मार्केटिङ गर्ने, मेसिनलर्निङ र एआई मोडलहरूको बृहत्तर उपयोग गर्दै उत्कृष्ट एनालिटिक्स कार्यान्वयन गर्ने र बिग डाटा स्रोतहरूको प्रयोगमार्फत सान्दर्भिक र पर्सनलाइज्ड अफरहरू ल्याउनेछ ।

कम्पनीले आफ्नो ग्राहकआधार वृद्धि, वितरक र विक्रेताहरूको व्यवस्थापनलगायतकाविषयमा रणनीतिक दिशा तय गर्नेछ ।

एनसेल र ईएन्ड इन्टरनेसनलले नेटवर्क अप्टिमाइजेसन, दुर्गम क्षेत्रका लागि लागत मैत्री समाधान, ग्रिनफिल्ड एनालिसिसका लागि अप्टिमाइजेसन, नेटवर्क कार्य सम्पादन मूल्यांकन (क्राउडसोर्सिङ), प्रत्यक्ष सोर्सिङ मार्फत भ्यालु क्रियसन र सेवा लगायतअन्य क्षेत्रमा सहकार्य गर्नेछन् ।

एनसेलले क्यापेक्स र ओपेक्सलाई घटाउँदै ग्रामीण तथादुर्गम क्षेत्रहरूमाभ्वाइस र डाटा सेवा प्रभावकारी बनाउने उद्देश्यले प्राविधिक समाधानहरूको डिजाइन र पहिचानमा नेतृत्व गर्नेछ ।

क्यारियर र होलसेल सेवाहरूको सन्दर्भमा एनसेलले ईएन्ड ग्रुप अन्तर्गत विश्वभरका ८५० भन्दा बढी सेवा प्रदायकहरूको नेटवर्कमा आबद्ध भएर रोमिङमा एसएमएस र भ्वाइस सेवा मार्फत ग्लोबल फुटप्रिन्टको लाभ उठाउन सक्नेछ ।

त्यसैगरी डिजिटल सोलुसन्सअन्तर्गत प्रविधिमाअभ्यस्तयुवाहरूलाई ’बेस्ट इन क्लास’ डिजिटल अनुभव प्रदान गरिने छ ।

यस समझदारी अन्तर्गत हुने सबै रणनीतिक योजना र समन्वय बारे निरीक्षण तथा छलफल गर्न एनसेल र ईएन्ड इन्टरनेसनलले आ–आफ्नो तर्फबाट संयोजक तोक्ने छन् ।
ईएन्ड इन्टरनेसनलको बारेमा
ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको ईएन्ड ग्रुपको अंशहो, जसले विश्वबजारका आधुनिक, विश्वस्तरीय डिजिटल टेलिकम कम्पनीहरूको सञ्जाल बृहत् बनाउन मद्दत गर्छ ।

विश्वका १६ वटा देशमा रहेर यसले कनेक्टिभिटी सोलुसन्स, इन्क्लुसिभ फाइनान्सियल सर्भिसेज, रिच इन्टरटेनमेन्ट सर्भिसेज र सिमलेस बिजसेन ट्रान्सफर्मेसनमा काम गर्दै आएको छ ।

यसले अग्रणी डिजिटल क्षमताविकास तथानिर्माण गर्दै एक्विजिसन र रणनीतिक साझेदारी मार्फत मध्यपूर्व, अफ्रिका, एसिया र पूर्वी युरोपका विभिन्न मुलुकमा सेवा विस्तार गरेको छ ।

himalayan life insurance
igi long