citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

टिकटकले सरकारलाई पठायो प्रतिबन्ध हटाउन आग्रह गर्दै पाँच बुँदे पत्र

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । टिकटकले नेपाल सरकारलाई पुनः पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाई प्रतिबन्ध हटाउन आग्रह गरेको हो ।

आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले फेरी पत्र लेख्दै टिकटकले पाँच वटा बुदामा प्रतिबद्धता जनाएको छ । पत्रमा टिकटकले नेपालले उठाउँदै आएका सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

आफ्नो प्लेटफर्ममा भएका कुनै पनि कन्टेन्टबारे नेपालको चासो वा सरोकार प्रत्यक्ष राख्न दिने र त्यसलाई सम्बोधन गर्न फोकल प्वाइन्ट ९सम्पर्क बिन्दु० तोक्ने समेत बताएको छ । साथै नेपाली भाषाका सामाग्रीहरुको फिल्टर गर्न आवश्यक प्रबन्ध गर्ने समेत प्रतिबद्धता जनाएको छ ।

त्यस्तै टिकटकले राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान सुरु गर्न पनि प्रतिबद्धता जनाएको छ ।

मन्त्रिपरिषद बैठकले गत २७ कात्तिकमा टिकटकले समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि टिकटकले ३० कात्तिकमा नेपाल दूरसञ्चार प्राधिकरण र २० मंसिरमा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेको थियो ।

टिकटकमाथि प्रतिबन्ध लगाउनुभन्दा केही दिन अगाडि सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याएको थियो जसमा यस्ता प्लेटफर्म नेपालमा दर्ता गर्नुपर्ने, सम्पर्क कार्यालय खोल्नुपर्ने जस्ता प्रावधान राखेको छ ।

टिकटकले पठाएको पत्रमा नेपालको कानुनी प्रक्रिया पुरा गर्न तयार रहेको बताएको छ । सरकारले सामाजिक तथा पारिवारिक सद्भावमा खलल पुर्‍याउने खालका कन्टेन्ट टिकटकमा आएको तर्क गरेको थियो ।

gold
himalayan life insurance long ad