citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनसेलको डबल मजाप्याक, बोनसको रूपमा डबल डेटा पाइने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदालिन ‘डबल मजाप्याक’खरिद गर्न सक्छन् । ग्राहकहरुले एकदमै मन पराएको यो डबल मजाअफर एनसेलले तीन प्याकहरुका साथपुनः संचालनमा ल्याएको हो ।

यो अफरमा ग्राहकले ७ दिन भ्यालिडिटी अर्थात समयसीमा रहेको कर सहित रु. १५० मा ५ जीबी डेटा वा रु. २०० मा ८ जीबी डेटा लिन सक्छन् । त्यसैगरी रु. ८८८ मा २८ दिन समयावधी रहेको ८८ जीबी डेटा खरिद गर्न सक्छन् ।

यो प्याकको सबैभन्दा ठूलो विशेषताभनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । उदाहरणका लागि, यदिकुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरको ७ दिन भित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जीबी डेटा बोनसका रुपमा प्राप्त गर्दछ ।

डबल मजाप्याकखरिद गर्न ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गर्न सक्छन् । साथै हालैमात्र अद्यावधिकगरिएको एनसेल एप वा एनसेलकाअन्यकुनै पनिआधिकारिक च्यानलमार्फत यो प्याक किन्न सकिन्छ ।

थप परिष्कृत गर्दै पुनः संचालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा
प्रदान गरिने भएकोले ग्राहकहरुलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहि रहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ ।

प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जति पटक पनि यो प्याक खरिद गरी संचितहुने डेटा भोल्युम मार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन लिन सक्छन् ।

७दिन भ्यालिडिटी भएका रु. १५० र रु. २०० का डबल मजा प्याकमा पाइने बोनसको संचित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिन्छ । त्यसैगरी रु. ८८८ को प्याकमा पाइने संचित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ ।

यसैबीच एनसेलले कर सहित रु. २२० मा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ । यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्दछन् ।

himalayan life insurance
igi long