टेलिकमले ल्यायो ‘विन्टर अफर’

काठमाडौं । नेपाल टेलिकमले समय समयमा विभिन्न प्रकारका अफरहरु उपलब्ध गराउदै आएको छ । यसै क्रममा (२०८० पुस २७) देखि लागु हुने गरी विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको छ ।
यस अघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको छ । यस अनुसार १ दिनको समयावधिका लागि रु. १९ मा ४०० एमबी र रु. ३३ मा १२०० एमबी डाटा उपलब्ध हुनेछ ।
त्यसैगरी ७ दिनको समयावधिका लागि रु. १०९ मा ५ जीबी र २८ दिनको समयावधिका लागि रु. २९८ मा ७ जीबी डाटा उपलब्धहुनेछ ।
स्टे कनेक्टेड प्याकअन्तर्गत ५ दिनको समयावधिका लागि रु. १०९ मा ६जीबी डाटा तथारु. १३९ मा ६ जीबीडाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाको समयावधिका लागि रु. ३५ मा अनलिमिटेड प्याक उपलब्ध हुनेछ ।
यस अघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुनेछ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुनेछ ।
विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1# गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिनतथा सेवाखरिद गर्न सकिन्छ ।
त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस अफर सम्बन्धीविस्तृत जानकारी प्राप्तगर्न सकिन्छ ।
यस अफरबाट सम्पूर्ण ग्राहकमहानुभावहरु लाभान्वितहुनुहुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।