stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल टेलिकमले मंसिर २५ देखि एक महिनासम्म ५० एमबीपीएस स्पिडको डाटा निःशुल्क डाटा उपलब्ध गराउने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा प्रयोग गर्न पाउने भएका छन् ।

कम्पनीले आगामी मंसिर २५ देखि लागू हुने गरी सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा दिन लागेको हो ।

कम्पनीले एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा महिना दिनसम्म यो सुविधा दिएको हो ।

यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देशअनुसार फेरि १ डायल गर्न पर्ने कम्पनीले बताएको छ ।त्यसैगरी, नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ । एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ ।

एक महिनाभन्दा बढी समयसम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले पुनः १९८ डायल गरेर १ थिच्नुपर्ने पनि कम्पनीले जानकारि दिएको छ।

 

prabhu mahalaxmi
kumari