macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

अब जिमेलमा आएको ईमेल पनि लाइक गर्न सकिने

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । गुगलले जिमेल प्रयोगकर्ताका लागि इमोजी रियाक्सन फिचर सार्वजनिक गरेको छ । बुधवार एक ब्लग मार्फत कम्पनीले जिमेलमा आएको ईमेलमा तत्कालै इमोजी रियाक्सन पठाउन सकिने फिचर सार्वजनिक गरेको घोषणा गरेको हो ।

यो फिचर बुधवार घोषणा गरेसँगै गुगलले सुरुवाती चरणमा संसारभरका एन्ड्रोइड प्रयोगकर्तालाई उपलब्ध गराउन थालेको छ । त्यसपछिका केही महिनामा वेब तथा आईओएसमा उपलब्ध गराउने गुगलको भनाइ छ ।

तपाईंको जिमेलमा यो फिचर उपलब्ध भयो भने आएको ईमेलको तलपट्टि एउटा स्माईलीको इमोजी आइकन देखिनेछ ।  तपाईंले  सोही  इमोजीमा क्लिक गर्नुभयो भने अन्य इमोजी देखिनेछन् । त्यसमध्ये ईमेल अनुसार आफूलाई उपयुक्त लागेको इमोजी पठाउन सक्नुहुनेछ ।

अहिले जसरी फेसबुक, ह्वाट्सएप, टेलिग्राम, भाइबरमा आएका मेसेजलाई तत्कालै इमोजीमार्फत आफ्नो प्रतिक्रिया जनाउन पाइन्छ, त्यसरी नै जिमेलबाट पनि प्रतिक्रिया जनाउन सकिने बताइएको छ । त्यस्तै एक पटक ईमेलमा आफूले दिइसकेको रियाक्सन पुनः फिर्ता लिन पनि सकिन्छ ।

यदि तपाईं जिमेल बाहेक अन्य कुनै ईमेल सेवा प्रयोग गर्नुहुन्छ भने त्यहाँ पनि जिमेल प्रयोगकर्ताले पठाएको इमोजी रियाक्सन देखिनेछ । तर यसमा केही सीमितता छन् ।

विभिन्न स्कुल तथा कम्पनीको ईमेल अकाउन्टबाट रियाक्सन भने पठाउन सकिने छैन । त्यस्तै कुनै ईमेल २० ओटाभन्दा बढी प्रयोगकर्तालाई पठाइएको छ भने पनि रियाक्सन पठाउन सकिने छैन । त्यस्तै कुनै एउटा ईमेलबाट आएको मेसेजमा प्रयोगकर्ताले २० ओटाभन्दा बढी इमोजी पठाएको छ भने पनि उसले अन्य मेसेजमा रियाक्सन इमोजी पठाउन सक्ने छैन ।

१७ असोज २०८०, बुधवार १७:३८ बजे प्रकाशित

NTA long ad