citizens life insurance long ad

नेपाली बजारमा उच्च गुणस्तरको क्यामियो फायर १०० इयरबड्स आउँदै

एचडी क्वालिटी साउण्डका साथमा ४० घण्टाको ब्याकअप

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ। नेपाली ग्याजेट्स बजारमा नयाँ ब्राण्ड भित्रिएको छ । नेपालमा अन्तराष्ट्रिय ब्राण्डहरु कोर्न र रिभरसंग ब्राण्डको आधिकारिक आयातकर्ता तथा बितरक कम्पनी क्यामियो इन्टरनेशनल प्रालिले नयाँ ब्राण्डका गुणस्तरीय इयरबड्स भित्र्याउन लागेको हो ।

कम्पनीले क्यामियो ब्राण्डमा नयाँ उच्चस्तरीय एसेसरिजहरु नेपाली बजारमा ल्याउने छ। युवा प्रयोगकर्ताहरुको चाहना र बजार मागलाई ध्यानमा राखेर नयाँ ईयरबड्स लन्च गर्न लागेको छ ।

नयाँ क्यामियो फायर १०० इयरबड्समा उच्च गुणस्तरको स्टेरियो एचडी साउण्ड क्वालिटी रहेको छ भने एक पटक चार्ज गर्दा ४० घण्टासम्म बिना कुनै समस्या प्रयोग गर्न सकिनेछ।

यति मात्र नभई यो क्यामियो फायर १०० इयरबड्स ३० दिनको स्ट्याण््डबाई सुबिधा रहेको छ। यसले तपाईँलाई कतै बाहिर घुम्न जाँदा चार्जिङ्गको चिन्ताबाट पुरै मुक्त गर्दछ ।

इयरबड्सलाई पसिना र धुलोले नबिगार्ने गरी स्वीट एण्ड डस्ट रेसिस्टेन्ट फिचर रहेको छ।
क्यामियो फायर १०० मा भ्वाइस असिस्टेन्ट सर्पोटका साथ नविनतम ब्लूटुथ भर्सन ५.३ रहेको छ। जसले सजिलै तपाईँको स्मार्टफोनसँग कनेक्ट गर्न सक्दछ।

अहिलेका युवाको चाहनाअनुसारको आकर्षक डिजाइन रहेको क्यामियो फायर १०० इयरबड्समा रहेको लो लेटेन्सीले मोबाइल गेम खेल्दा गेमिङ्ग मोड अन गरेर सिधै कनेक्टमार्फत तपाईँलाई गेममा अग्रता हासिल गर्न सहयोग प्रदान गर्दछ।

एआई–इएनसी रहेको इयरबड्सले स्वतः ९० प्रतिशत न्वाइज कन्ट्रोल गरेर चाहेअनुसारको साउण्ड प्रदान गर्दछ।

क्यामियो फायर १०० इयरबड्समा प्रयोगकर्ताको सुबिधाको लागि इयरबड्समा ५० एमएएचको ब्याट्री पावर रहेको छ भने इयरबड्स चार्जिङ्ग बक्समा शक्तिशाली ४०० एमएएचको ब्याट्री प्याक रहेको छ। जसलाई तपाईँले केबल १ घण्टामा नै फुल चार्ज गर्न सक्नुहुनेछ।

IME Life
kumari