evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाए

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ५८.०५% ले धेरै हो ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको बिक्री आम्दानी पनि ७ अर्ब १७ करोड रुपैयाँबाट बढेर ८ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ ।

यसले गर्दा नाफा बढ्न टेवा पुगेको छ । असारसम्म आइपुग्दा कर्पोरेसनको ब्याज खर्च भने बढेको छ । यसको ब्याज खर्च २७ करोड ९२ लाख रुपैयाँबाट बढेर ४४ करोड ५० लाख रुपैयाँ भएको छ ।

हाल यसको प्रशासनिक खर्च १६ करोड ३१ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २७ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

यसको जगेडा कोषमा १ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ छ । असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिकीकरण) २८ रुपैयाँ २६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ४१९ रुपैयाँ १६ पैसा छ ।

igi long
himalayan life insurance long ad