sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । उद्योग मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

आठौँ उद्योग दिवसका अवसरमा नेपाल उद्योग परिसङ्घले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा उहाँले सरकारले स्वदेशी उत्पादन वृद्धिलाई जोड दिएको जानकारी दिनुभयो । उहाँले औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालय काम गरिरहेको बताउनुभयो ।

मन्त्रालयले आगामी १० वर्षका लागि औद्योगिक नीति तयार गर्ने काम पनि अघि बढाइरहेको सचिव ज्ञवालीले जानकारी दिनुभयो । उद्योग मन्त्रालय उद्योगीलाई सहजीकरण गर्ने मन्त्रालय भएकाले उद्योगीको समस्या समाधानमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारले निजी क्षेत्रबाट उपयुक्त सल्लाह सुझावको अपेक्षा राखेको बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध सदस्यलाई सहुलियत दिन आग्रह गर्नुभयो ।

भारत, अस्ट्रेलियालगायत मुलुकमा सरकारको अग्रसरमा मेक इन अभियान सञ्चालन भइरहेकामा नेपालमा परिसङ्घको अग्रसरतामा मेक इन नेपाल अभियान सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

उक्त अभियानमा आबद्ध उत्पादनलाई सहुलियत दिन सके स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो । त्यस्तै उहाँले निश्चित अवधिसम्म नीति परिवर्तन नहुने गरी उद्योगीलाई आश्वस्त हुने वातावरण निर्माण गरिदिन आग्रह गर्नुभयो ।

परिसङ्घको उद्योग समिति सभापति गोकुल भण्डारीले आयात प्रतिस्थापन सम्भव भएका वस्तुको आयात निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

उद्योग तथा लगानी प्रवद्र्धनसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्थालाई एकीकृत गर्दै उद्योगलाई पर्ने समस्या समाधान एकै ठाउँबाट हुने गरी एकीकृत औद्योगिक विकास ऐन तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

prabhu bank
nawakantipur long