stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एफएनसीसीद्वारा व्याजदर वृद्वि स्थगन गर्न माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले बैंक वित्तीय संस्थाले गत असोज १ देखि लागू हुने गरी ब्याजदर वृद्धि गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ब्याजदर वृद्धिका कारण कोभिड महामारी तथा वित्तीय क्षेत्र असन्तुलनका कारण अप्ठ्यारोमा परेका उद्योगी व्यवसायी झन प्रभावित हुने महासंघले जनाएको छ ।

बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको भन्दै महासंघले उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको जनाएको छ ।

आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फीति दरलाई बैंक वित्तीय संस्थाको यस निर्णयले थप माथि लैजाने महासंघको ठहर छ ।

संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था रहेको जनाउँदै महासंघले विशेषगरी कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगको प्रशंसा गरेको छ ।

“तर पछिल्लो निर्णयले ब्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरुत्साहित हुनेछ ।

अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने अवस्था सिर्जना भएको छ”, महासंघले भनेको छ ।

अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघले माग गरेको छ ।

prabhu mahalaxmi
kumari