citizens life insurance long ad
stcnepal long ad

इन्धनको मूल्य बृद्धिले निर्माण व्यवसायी मर्माहत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्माण व्यवसायीले सरकारले इन्धनमा गरेको मूल्यवृद्धि फिर्ता नलिए विकास निर्माणका काम रोक्ने चेतावनी दिएका छन् ।

इन्धनमा सरकारले पछिल्लो पटक गरेको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको समेत भाउ बढेर निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

 

 

निर्माण व्यवसायीलाई तत्काल राहत दिने गरी सरकारले मूल्य समायोजन निर्देशिका जारी नगरेमा ‘कन्स्ट्रक्शन होलिडे’का बीच पनि देशभर सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना र अति आवश्यक निर्माण परियोजना समेत बन्द गरी यसअघि स्थगित आन्दोलनका कार्यक्रम सहित एक हप्ताभित्रै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ ।

देशको समग्र अर्थतन्त्रका सूचक नकारात्मक रहेको विषम अवस्थामा पेट्रोलमा एकै पटक प्रतिलिटर २१ रुपैयाँ र डिजल तथा मट्टीतेलमा २७ रुपैयाँ बढाएर रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त भएको नेपाल निर्माण व्यवसायी महासंघले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मूल्यवृद्धिका कारण देशभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना एवम् अरु निर्माणका परियोजना पनि बन्द हुने स्थितिमा पुगेको महासंघका महासचिव रोशन दाहालले बताएका छन ।निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीलाई कुनै राहत दिन नसकेको उनको भनाइ छ ।

निरन्तर भइरहेको मूल्यवृद्धिका कारण घर, जमिन तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न देशभरका हजारौं निर्माण व्यवसायी, तिनका परिवार र तिनमा आश्रित लाखौं श्रमिकको बिचल्ली हुने अवस्था आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पेट्रोलियम पदार्थमा लिइने कर कटौती नगरि तथा चुहावटको समस्या समाधान नगरेर केवल अन्तर्राष्ट्रिय मूल्यलाई देखाउँदै एकोहोरोरूपमा निर्माण व्यवसायी सहित उपभोक्ताको ढाड सेक्ने गरी भइरहेको मूल्यवृद्धिले देशको समग्र विकासमा नकारात्मक असर पर्ने महासंघको ठहर छ ।

महासंघले सरकारले बीमा निर्देशिका–२०७८ ले गरेको व्यवस्थाबाट पूर्वाधारको लागत वृद्धि भइ बीमा कम्पनीलाई पोस्ने काम गरेको पनि महासंघले जनाएको छ ।

IME Life
kumari