evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

नेपाल ब्राण्डका खानेतेल नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तो

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

वीरगञ्ज । नेपाली ब्राण्डको खानेतेल फेमली, अमृत , निलकमल , सफारी लगायत  नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तोमा पाइने गरेको पाइएको छ ।

नेपाली बजारमा आम उपभोक्ताले प्रतिलिटर ३२० रुपियाँमा खरिद गरिरहेको सन फलावर तेल भारतीय बजारमा २८० देखि २८५ रुपियाँमा खुद्रा बिक्री भईरहेको छ ।

 

 

मंगलबार वीरगञ्जको मुख्य नाका भएर रानीघाटकी नम्रता श्रेष्ठले नेपाली फेमली ब्राण्डको सनफलावर तेल सिमावर्ती भारतीय बजार रक्सौलमा नेपालमा भन्दा सस्तो भएको बताउनुभयो । श्रेष्ठले खाद्यान्न र किचनका सामाग्री सिमावर्ती भारतीय बजार रक्सौलमा किन्ने गरेको बताउनुहुन्छ ।

सस्तो हुँदा नेपाली तेल भारतबाट किनेर ल्याएर खानुपर्ने बाध्यता रहेको उहाँ भन्नुहुन्छ । वीरगञ्जमा ३२० रुपैया पर्छ रक्सौलमा ४५ रुपियाँ सस्तोमा पाइने गरेको उहाँ भन्नुहुन्छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघ अन्तर्गतको स्थानीय कर समितिका संयोजक सुरेश रुगंटाले नेपालमा भन्दा भारतमा खानेतेल २० प्रतिशत सस्तो रहेको बताउनुभयो ।

भारत सरकारले खाने आयातमा सबै कर छुट गरेको छ , मात्र ५ प्रतिशत जिएसटि लाग्छ । त्यस्तैगरी नेपालबाट निकासी गर्दा पनि निर्यातमा छुट रहेको छ तर त्यही सामान नेपालमा बेच्ने गरी आयात गरी बजारमा बेच्दा भ्याट , भन्सार शुल्क लगायतका गरी २५ प्रतिशत कर लाग्ने गरेको छ । त्यसैले भारतमा सस्तो हुने गरेको उहाँले भन्नुभयो ।

भारत विहारको रक्सौल वडा नम्बर २८ मौजेमा रहेको आर्यन ईम्पेक्सले फेमली ब्राण्ड , निलकमल ब्राण्ड , अमृत ब्राण्ड , दिब्या ब्राण्ड , सफारी ब्राण्डका खानेतेलहरु आयात गरी भारतीय सिमावर्ती बजार रक्सौलमा सप्लाई गर्ने गरेको छ भने सिमावर्ती भारतीय सहर रक्सौलमा किनमेल गर्ने जाने नेपाली उपभोक्ताले नेपाली ब्राण्डको खाने तेल भारतीय बजारबाट खरिद गरी नेपाल ल्याउने गरेको पाइन्छ ।

igi long
himalayan life insurance long ad