साल्ट ट्रेडिङ साल्ट ट्रेडिङ कर्पोरेसनले १० प्रतिशत बोनस पारित गर्न चैत ३० गते वार्षिक साधारण, चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चैत ३० गते वार्षिक साधारण बोलाएको छ । सभामा सञ्चालक समितिले फागुन २९ गते घोषणा गरेको १०.५० प्रतिशत लाभांश प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५०प्रतिशत नगद गरी १०.५०प्रतिशत लाभांश दिन लागेको हो । सभा बिहान ११ बजे सुरु हने कम्पनीले जनाएको छ ।
सभा प्रयोजनका कम्पनीले चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । तसर्थ, चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।


























