stcnepal long ad
nabil bank
macchha(MBL)

मंगलम इन्डस्ट्रिजको प्लम्बर टेक्निसियन भेटघाट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ। मंगलम् इन्डस्ट्रिज प्रा. लि.ले देशको विभिन्न ठाउँँमा प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम सम्पन्न गरेको जनाएको छ। नेपालगन्जबाट सुरु भएकोे यो प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम मंसिर महिनाभरि इटहरी, पोखरा र काठमाडौंमा आयोजना भएको जनाइएको छ। अहिलेसम्म कार्यक्रममा लगभग एक हजारभन्दा बढी प्लम्बरहरुको सहभागिता रहेको आयोजक मंगलम् इन्डस्ट्रिज प्रा. लि.ले जनाएको छ।

यस उद्योगमा भइरहेको नयाँँ प्रगतिहरुका बारेमा जानकारी गराउँदै पाइपिङ उद्योगमा सक्रिय प्लम्बरहरुलाई एक–अर्कासँग भेटघाट गराउने, सूचना आदान–प्रदान गर्ने र प्लम्बरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको आयोजक मंगलम इन्डस्ट्रिजले जनाएको छ।

कार्यक्रममा मंगलम् इन्डस्ट्रिजका बारेमा विस्तृत जानकारी प्रस्तुत गरिनुका साथै नयाँँ योजना तथा अफरहरुका बारेमा पनि जानकारी गराइएको थियो। कार्यक्रममा हाजिरीजबाफ, नृत्य, लक्की ड्र, उपहार वितरण लगायत अन्य मनोरन्जनात्मक क्रियाकलाप पनि समावेश गरिएको थियो।

यसका साथै कम्पनीको नयाँँ उत्पादन रेन प्रोको बारेमा पनि जानकारी दिइएको थियो। रेन प्रो बर्खायामको पानी संकलन र निस्कासनका लागि प्रयोग हुने पाइप हो।

आउँदोे महिनाहरुमा देशका अन्य सहरहरुमा पनि यस्तो कार्यक्रम संचालन गर्ने योजना रहेको आयोजकले जनाएको छ। पाइप्स र फिटिङ्स निर्माण सामग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यका साथ सन् २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालकै पहिलो सीपीभीसी पाइप र फिटिंग्स् उत्पादक तथा निर्यातकर्ता हुनुको साथै सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरुमध्ये एक हो।

prabhu mahalaxmi
kumari