कांग्रेसको महाधिवेशनमा ५५ जनाले उम्मेदवारी फिर्ता लिए
काठमाडौं । कांग्रेस १४ औं महाधिवेशनमा उम्मेद्वारी दर्ता गराएका पदाधिकारी र केन्द्रीय उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।
कांग्रेस निर्वाचन समितिले राष्ट्रिय सभागृह परिसरमा पदाधिकारी तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर छ । प्रकाशित नामावली राष्ट्रिय सभागृह परिसरमा टाँसिएको छ ।
प्रकाशित नामावली अनुसार सभापतिमा ५ जना, उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जनाको उम्मेद्वारी परेको छ । जसमा दुई उपसभापति र दुई महामन्त्री पदका लागि भोली चुनाव हुन लागेको हो । यस्तै ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेद्वारी दर्ता गरेपछि यो पदमा पनि चर्को प्रतिष्पर्धा हुने भएको छ ।
गत शनिबार कांग्रेसको नयाँ नेतृत्व चयनका लागि १३४ पदमा ५४८ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । जसमध्ये आइतबार बिहानसम्म ५५ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । अब ४९३ जना उम्मेद्वार बीच भोलि ९ बजे विहानबाट मतदान हुनेछ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज दिउँसो १ बजेसम्म निर्धारण गरिएको थियो । फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज न्यौपाने, सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरी लगायत सदस्य रहेको समितिले जनाएको छ ।
यसैगरी सदस्यहरुमा जङ्गीलाल राय, सञ्जयकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा दलित, सीताराम महतो मधेशी, जुनाकुमारी दानी, दीपक अधिकारी, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल, बिना पौडेल, भक्तबहादुर बलायर, माया राना, गोपीलाल विक, मीनाकुमारी थापा, विष्णु पौडेल, अनु गुरुङ, शकुन्तला थापा, महेशकुमार कोर्मोचा, सिंहबहादुर राना र सङ्गीता मण्डलले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै केन्द्रीय सदस्यका उम्मेदवार सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत, माधवप्रसाद आचार्य, केशवबहादुर चन्द, बिमल धमला, नीरबहादुर विक, राजुराज जोशी, गजेन्द्रबहादुर हमाल, रवीन्द्रमान श्रेष्ठ, दामोदर भुसाल, हरिमोहन भण्डारी, गणेशबहादुर खत्री, लोकप्रसाद संग्रौला, महेश नेपाली, बाला अधिकारी, मुरारीप्रसाद आचार्य, डा. खगेन्द्र पाण्डव अधिकारी, देवराज भट्टराई, टेकनारायण महतो, राजेन्द्र जैसवाल, पार्वती शाह, इस्तियाक मोहमद खाँले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिएका छन।
यसैगरि वीरवल राई, केशव थापा, माया क्षेत्री बराल कार्की, भूमिप्रसाद राजवंशी, प्रकाश महर्जन, रोहित विश्वकर्मा, टेकनारायण पाण्डे, देवीप्रसाद चौधरी, उत्तमप्रसाद चापागाइँ, युवराज गुरुङ, तीलप्रसाद सुब्बा र राजु गोर्खालीले पनि आफ्नो उम्मेदवारी मनोनयनपत्र फिर्ता लिएका छन् ।






















