citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आगामी बर्षदेखि नेपालको अग्लो स्थानबाट चिज उत्पादन सुरु गर्ने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

रसुवा ।आगामी बर्षदेखि नेपालकै पहिलो चिज उत्पादन केन्द्र लाङटाङले  अग्लो स्थानबाट चिज उत्पादन सुरु गर्ने भएको छ ।

सन २००९ मा स्थापना भएको केन्द्रले ५ हजार ५ सय मिटर उचाइमा रहेको यालाखर्क बाट चिज उत्पादन सुरु गरन लागेको हो ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्यान्जिन, छेप्चे र लाङसिसा बाट केन्द्रले चिज तथा मखन उत्पादन गर्दै आएकोमा चौरीपालक कृषकको अनुरोधमा यालाखर्क बाट पनि उत्पादन सुरु गरन लागेको केन्द्रका प्रमुख ग्याल्बो तामाङले बताउनुभयो ।

केन्द्रले लाङटाङमा वार्षिक ५ हजार केजी सम्म चिज उत्पादन गर्ने गरेको छ । बिगतमा उत्पादन भएको चीज लाङटाङ तथा क्यान्जिनमा रहेका होटलमा खपत हुने गरेकोमा पर्यटकको आवागमन नभए पछि दुग्ध विकास संस्थानले काठमाण्डौ लाने गरेको छ ।

भूकम्प पछि केन्द्रले चौरीपालक कृषक घटनु, उपकरणको अभाव, जनशक्तिको अभाव, कोभिड–१९ लगायतका कारण पूर्ण क्षमतामा चिज तथा मखन उत्पादन गर्न नसकेकोे केन्द्र प्रमुख तामाङले बताउनु भयो । अहिले केन्द्रमा दैनिक रूपमा १ सय ५० देखि २ सय लिटरसम्म दुध संकलन हुने गरेकोे छ ।

जिल्लामा दुग्ध विकास संस्थान अन्तर्गत पाँचवटा केन्द्र सञ्चालनमा छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित पाङ्लेखर्क, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङ तथा सान्जेन्मा चिज उत्पादन हुँदै आएको छ । पाँच वटा केन्द्रमा वार्षिक ३६ हजार केजी चिज उत्पादन गर्ने क्षमता रहेको छ ।।

himalayan life insurance
igi long