citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

साल्ट ट्रेडिङ कर्पोरेसनको ५९ ओैं स्थापना दिवस

उपभोग्य वस्तु नुनको कारोबारसँगसँगै सेवा विविधीकरण मार्फत कर्पोरेशनले अनवरत रुपले आम जनताको सेवा गर्दै

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ५९ औँ वार्षिकोत्सव भदौं २७ गते एक कार्यक्रम बीच मनाएको छ । कर्पोरेसनको कालिमाटी स्थित केन्द्रिय कार्यालय हातामा कर्पोरेशनका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरको सभापतित्वमा आयोजित कार्यक्रममा कर्पोरेशनका संचालक समिति सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, अन्य वरिष्ठ अधिकारी लगायत सिमित कर्मचारीहरुको उपस्थितीमा बार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा सम्बोधन गर्दै कर्पोरेशनका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरले अत्यावस्यकिय दैनिक उपभोग्य वस्तु नुनको कारोबारसँगसँगै सेवा विविधीकरण मार्फत कर्पोरेशनले अनवरत रुपले आम जनताको सेवा गर्दै आउने क्रममा स्वर्ण इतिहास लेख्न सफल भएको बताउनु भयो ।

अध्यक्ष मानन्धरले कर्पोरेशनले अत्यावश्यकिय वस्तुहरुको आपुर्तीलाई सहज बनाउदै सरकार समेतको जिम्मेवारीलाई वस्तुनिष्ठपुर्वक निभाउदै आएको स्पष्ट पार्दै उहाले सरकारको निर्देशनलाई पालना गर्दै आम उपभोक्ताको हितमा समर्पित रहेको उल्लेख गर्नु भयो।

अध्यक्ष मानन्धरले कर्पोरेशनलाई विश्वासपुर्वक जिम्मेवारी प्रदान गरेकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उसैगरि सरकार र आम उपभोक्ताको मन जित्दै अगाडि बढने प्रण गर्दै सोको विश्वास दिलाउन चाहेको बताउनु भयो ।

त्यसैगरि अध्यक्ष मानन्धरले समारोह माझ पुरस्कार प्राप्त गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै केही महिना अघि मृत्‍युवरण गरेका कर्पोरेशनका संचालक समिति सदस्य किर्तीकुमार जोशीको निधनले मर्माहत तुल्याएको बताउनु भयो ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै कर्पोरेशनका संचालक समिति सदस्य तथा वाणिज्य मन्त्रालयका सहसचिव प्रेम कुमार श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेसनले आम उपभोक्ताको हकहितलाई मुखरित गर्दै आएको जिकिर गर्दै आगामी दिनमा आफ्नो उदेश्य प्राप्ती गर्दै जाओस भन्ने शुभेच्छा प्रकट गर्नु भयो ।

श्रेष्ठले नेपालमा नुनको आपूर्तिको सुनिश्चित नभईरहेको स्थिती माझ नुनको कारोबार गर्ने उदेश्यका साथ कर्पोरेशनको स्थापना भएको र यसले जनस्वास्थ्यसँग सरोकार राख्ने आयोडिन युक्त नुनको आपुर्तीलाई नेपाल भर नै पुर्याउने जिम्मेवारीलाई वहन गर्ने क्रममा महत्वपूर्ण योगदान पुर्याएका कारण स्वास्थ्य समस्या निराकण गर्न सहज भएको उल्लेख गर्नु भयो ।

साल्ट ट्रेडिङ नुनको कारोबार गर्न सक्षम छ भनेर मन्त्रालयले यस संस्थान मार्फत मात्रै नुनको बिक्री वितरण गर्न पाउने कार्य गरि काम कार्वाही अगाडी बढाएको जानकारी समेत सह सचिव श्रेष्ठले दिनु हुँदै देशभर संजाल रहेको साल्ट ट्रेडिङको सबल पक्ष भनेकै चुस्त व्यवस्थापन रहेको जिकिर गर्दै कर्पोरेशनले आगामी दिनहरुमा समेत सफलता प्राप्त गर्दै जाओस भन्ने शुभकामना व्यक्त गर्नु भयो ।

त्यसैगरि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले उपभोग्य बस्तुको कारोबार गर्ने उदेश्य सहित स्थापना भएको कर्पोरेशनले सरकार र आम उपभोक्ता बीचमा सेतुको काम गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय सेवा विविधीकरणको नीति सहित बढि भन्दा बढि जनताहरुलाई लाभ पुर्याउने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभयो ।

विगतको कारोनाको महामारीमा जनताको घर–घरमा पुगेर दैनिक उपभोग्य सामाग्री बिक्रीवितरण गरेको, रासायनिक मलको अभाव भएको बेलामा कृषक समक्ष रासायनिक मल पुरयाएर सेवा गरेको पनि बताउनु भयो।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आपुर्ति र वितरणको क्षेत्रमा सकृय रहदै कर्पोरेशनले सेवा प्रवाहलाई उपभोक्ताको हितमा केन्द्रित गरेको उल्लेख गर्दै कोभिडको समयमा पनि सेवालाई निरन्तरता दिईएको जानकारी दिनु भयो ।

श्रेष्ठले कर्पोरेशनले कृषि विकासमा योगदान पुर्याउने हेतु अनुदान र गैर अनुदानको रासायनिक मल समेत बिक्री वितरण जानकारी दिदै अझै खुला रुपमा कार्यक्रम गरिहाल्ने स्थिती नरहेकाले कर्पोरेशनको वार्षिकोत्सवलाई थोरै उपस्थिती माझ आयोजना गरिएको बताउनु भयो।

श्रेष्ठले बार्षिकोत्सवका अवसरमा पुरस्कृत हुने सबैलाई बधाई ज्ञापन गर्दै कर्पोरेशनका संचालक समिति सदस्य किर्तीकुमार जोशीको निधन प्रति गहिरो शोक व्यक्त गर्नु भयो ।

सोही अवसरमा गत बर्ष र यस बर्षको बालहितकारी पुरस्कार, हेम बहादुर मल्ल उत्कृष्ट कर्मचारी पुरस्कार, इश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी पुरस्कार, अनङमान शेरचन एवम् लोकनाथ जोशी छात्रबृत्ती प्रदान गरिएको थियो । यसैगरि बिस बर्ष सेवा अवधी पुरा गरेका कर्मचारीहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा हालै दिवंगत कर्पोरेशनका संचालक समिति सदस्य किर्तीकुमार जोशीको स्‍मृतिमा मौन धारणा गरिएको थियो ।

himalayan life insurance
igi long