citizens life insurance long ad
stcnepal long ad

अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा, अर्को वर्षभित्र सर्वसाधारणलाई आईपीओ जारी गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडद्धारा उत्पादन भइरहेको अर्घाखाँची ओपीसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणी करण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र विक्री वितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ ।

“हालसम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणीकरणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ”, कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणासहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो ।

क्लिंकर, ओपीसी र पीपीसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनी मध्येको एक हो ।

गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आईपीओमा जाने तयारी सुरु गरिसकेको छ ।

२०७५ सालदेखि आफ्नो कुल उत्पादन क्षमतालाई बढाएर प्रतिवर्ष १० लाख टन पु¥याएको यस कम्पनीले लगभग पूर्ण उत्पादन क्षमतामा सञ्चालित रही तिब्र प्रतिस्पर्धा र लकडाउनको बाबजुत पनि आर्थिक वर्ष २०७७/०७८ मा १८ प्रतिशतले बिक्री बढाउन सफल भएको छ ।

“सर्वसाधारणको लागि सेयर खुलाउने विषयमा तयारी अगाडि बढाइरहेका छौं”, कम्पनीका प्रमुख बित्त अधिकृत राजु पौडेलले भने, “अहिले ठ्याक्कै मिति तोक्न नसकेता पनि अर्को आर्थिक वर्ष भित्र सर्वसाधारणलाई सेयर जारी गरिसक्ने हिसाबले काम अगाडि बढाइरहेका छौं ।”

IME Life
kumari